मध्यरातमा श्रृखंला पुगिन एयरपोर्टमा, मिस युनिभर्स मनिताले नेपाली भूमि टेक्दा उर्लियो जनसागर, हेर्नुहोस् भिडियो
थाइल्यान्डको बैंककमा आयोजना भएको ६७ औं मिस यूनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी २३ वर्षीया मनिता देवकोटाको यात्रा टुङ्गिएको छ ।मिस युनिभर्स–२०१८ को उपाधी फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् । विश्वभरबाट सहभागी अन्य ९३ प्रतिस्पर्धीलाई पछि पार्दै क्याट्रिओना मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् ।
फस्ट रनरअप दक्षिण अफ्रिकाकी तमारिन ग्रिन र सेकेन्ड रनरअप भेनेजुयलाकी स्थेफानी गुइटेरेज भइन् । थाइल्यान्डको बैंककमा भएको फाइनलमा तमारिन, स्थेफानीसहित पोट्रो रिकोकी कियरा ओर्टेजा र भियतनामकी एचहेन नीलाई पछि पार्दै फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले उपाधी जितेकी हुन् । नेपालकी सुन्दरी मनिता देवकोटा भने टप १० मा पुग्न सफल भएकी छन् । आज मनिता देवकोटा नेपाल फर्किएकी छिन् । मध्यरातमा श्रृखंला पुगिन एयरपोर्टमा, मिस युनिभर्स मनिताले नेपाली भूमि टेक्दा उर्लियो जनसागर हेर्नुहोस् भिडियो
Facebook Comment