जिल्लाबाट १६ वटा खेलका तीन सय खेलाडी छनोट
भीमदत्तनगर । आगामी माघको अन्तिम सातादेखि प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि कञ्चनपुरबाट विभिन्न १६ वटा खेलका तीन सय खेलाडी छनोट गरीएको जिल्ला खेलकूद विकास समिति कञ्चनपुरले जनाएको छ ।
कवड्डी, भलिबल, बक्सिङ, भारोत्तलन, जुडो, तेक्वान्दो, फुटबल, ब्याडमिन्टन, क्रिकेटलगायत १६ वटा खेलको खेलाडि छनोट भइसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जानकारी दिएका छन् ।
‘राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले २७÷२८ खेलमा सहभागिता जनाउनेछ ।’ कार्यालय प्रमुख भट्टले भने,“राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको छनोट माघमा हुने भनिएको छ ।”
प्रदेशबाट छनोट भएको खेलाडीले मात्रै आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । ‘प्रदेशको छनोटपछि खेलाडी बन्द प्रशिक्षणमा रहन्छन् ।’ उनले भने, “अहिले पनि खेलाडी नियमित प्रशिक्षणमै छन ।”
Facebook Comment