सारङ्गी बजाउने बाबु-छोरीको मार्मिक कथा हर्नुहोस् भिडियो

डिसी नेपाल
७ पुष २०७५ ९:४८

काठमाडौँ : युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियो जसमा नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए ।

६ वर्षपछि तिनै बाउछोरीलाई खोज्दै झापाको सबैभन्दा दक्षिणी भेग केचना कवल पुगे । यहाँ भोजपुरका पहाडबाट बसाइँ झरेर आएका गन्धर्वहरुको गाउँ छ गाउँको नाम चाहिँ सङ्गीत चोक । ४० घर गन्धर्व छन् ।

सङ्गीत चोक सङ्गीतमय छ । खेतीपातीको चटारोबिच पनि साथीभाइ भेटेर सारङ्गी रेट्न थालिहाल्छन् ।

सङ्गीत चोकका गन्धर्वहरुको मूख्य पेशा नै गाउने बजाउने हो । उनीहरु धरान, बिर्तामोड गइरहन्छन् । खेतिपाती भ्याएर छिमेकी देश भारतका सिक्कीम दार्जिलिङ जानेहरुको लर्को पनि उत्तिकै हुन्छ । भारतमा कमाइ धेरै हुन्छ ।

गाउँका युवाहरुलाई हेर्ने कथा टिमले खोज्दै आएको बाउछोरीकोबारेमा सुनायौं । असाध्यै सुखद संयोग भयो । त्यस भिडियोमा छोरीसँग गीत गाउने शिव गन्धर्व त्यहिँ थिए । ६ वर्षअघिको उनको अनुहार अलिअलि फेरिएछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *