२०१८ का फ्लप फिल्म को अग्रपङ्तिमा ३ खानको फिल्म , ब्लकबस्टर यि फिल्म भए

डिसी नेपाल
१७ पुष २०७५ ६:१३

२०१७ को तुलनामा २०१८ बलिउडका लागि राम्रो रह्यो। सफल फिल्मको ग्राफ बढ्यो। निर्माताले पनि कस्तो फिल्ममा कति बजेट खर्च गर्ने भन्ने सिके। यस कारण फिल्मको बक्स अफिसमा सुधार आयो। यो वर्षको खास कुरा के रह्यो भने स्टार कलाकारका कारणभन्दा पनि कथा र प्रस्तुतीकरणका कारण फिल्म हिट भए। स्टार कलाकारका फिल्म प्लप भए। यसलाई बलिउडमा देखिएको राम्रो संकेतका रूपमा हेरिएको छ। सिंगल स्क्रिन सिनेमा घरको अवस्था खराब छ।

यी सिनेमा घरमा दर्शकको चाहना अनुरूप कम फिल्म प्रदर्शन हुन्छन्। मल्टिप्लेक्समा सालमा केही राम्रा सिनेमा आएर दर्शक जुटाउन सफल हुन्छन्। साथै अहिले फिल्ममा अन्य स्रोतबाट पनि आम्दानी हुन लागेको छ। वेभ सिरिज ठूलो खतरा बनेर देखिएको छ। फिल्म र टीभी सिरियलमा एक निश्चित दायरामा काम गर्दा हुन्छ भने वेभ सिरिजमा यो दायरा विस्तृत हुन्छ। यी सिरिजले रामै्र दर्शक पाइरहेका छन्। सिनेमा घरसम्म दर्शक ल्याउन दिनप्रतिदिन मुस्किल पनि हुँदै गएको छ।
ब्लक बस्टर फिल्म

ब्लक बस्टर फिल्म ती हुन् जसले फिल्म इन्डस्ट्रीसँग जोडिएका सबै वर्गका लागि मनग्गे आम्दानी गराउँछन्। निर्माता, डिस्ट्रिब्युटर्स, सिंगल स्क्रिन सञ्चालक वा मल्टिप्लेक्स सबैले यी फिल्मबाट कमाउन पाउनुपर्छ। फिल्म हेर्न धेरै दर्शक आएपछि क्यान्टिन र साइकल तथा कार स्ट्यान्ड सञ्चालकसम्मले कमाउँछन्।

रणवीर कपुरको फिल्म ‘सञ्जु’ बिना कुनै छुट्टीको दिनमा रिलिज भएर पनि रेकर्ड तोडेर कमाइ गर्‍यो। रणवीरको करिअरको यो सबैभन्दा हिट फिल्म साबित भयो। पद्मावतको अवस्था पनि यस्तै रह्यो। धेरै विरोधका बाबजुद पनि पद्मावत सफल बन्यो। अझै भरतका केही स्थानमा यो फिल्म प्रदर्शन हुन बाँकी छ।

फ्लप फिल्म

फ्लप फिल्मको सूची निकै लामो छ। निकै आस गरिएका फिल्म पनि असफल भए। यी फिल्ममा लगाइएको लगभग सारा पैसा डब्यो। फ्लप फिल्ममा आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ सबैभन्दा माथि देखियो। करोडौंको लागतमा बनेको यो फिल्मलाई दीपावलीको बिदाले पनि बचाउन सकेन। यस्तै सलमान खानको फिल्म ‘रेस-३’ पनि असफल भयो। सलमान खानको ‘लवयात्री’ का गीत हिट भए तर फिल्म फ्लप भयो। ‘बत्ती गुल मिटर चालू’ बक्स अफिसमा अन्धकार भयो। ‘यमला पगला दिवाना फेरि डुब्यो। कमल हासनको करोडौंको फिल्म ‘विश्वरूप-२’ को हालत पनि यस्तै रह्यो। ‘पलटन’ र ‘लैला मजनु’ ले पनि दर्शकको साथ पाएनन्।

सुपरहिट फिल्म

सुपरहिट फिल्मको सूची हेर्ने हो भने यसमा यस्ता फिल्मका नाम छन् जसमा स्टार कलाकार छैनन्। यी ‘कन्टेन्ट बेस्ड’ फिल्म छन् र यी फिल्मले नसोचेको कमाइ गरेर देखाए। फिल्म सफल हुन राम्रो कथा, स्क्रिप्ट, अभिनय र निर्देशन चाहिन्छ न कि स्टार कलाकार भन्ने कुरा यी फिल्मले पुष्टि गरे।

फिल्म ‘बधाई हो’ ले दर्शकलाई धेरै हँसायो। परिवारसहित यो फिल्म हेर्न दर्शक धेरै आए। ‘स्त्री’ पनि निकै रुचाइयो। ‘राजी’ मा केबल आलिया भट्ट स्टार थिइन्। नायिका प्रधान फिल्म भएर पनि यो फिल्मले सय करोडभन्दा धेरै कलेक्सन गर्न सफल भयो। ‘सोनु के टिटु की स्विटी’ युवा वर्गलाई लक्षित गरेर बनाइएको थियो।

यो फिल्म पनि वितरकले तँछाडमछाड गरेर लिए। टाइगर श्राफ अभिनीत फिल्म ‘बागी-२’ सफल भयो। फर्मुला फिल्म पनि सही तरिकाले बनायो भने आज पनि सफल हुन्छ भन्ने पुष्टि यो फिल्मले गर्‍यो। यो फिल्मको ओपनिङ ऐतिहासिक थियो। सिंगल स्क्रिन सिनेमा घरमा फिल्मले सानदार प्रदर्शन गर्‍यो। डब फिल्म ‘२.०’ को हिन्दी भर्जनले पनि बक्स अफिसमा सानदार प्रदर्शन गर्‍यो।

हिट फिल्म

आयुष्मान खुरानाको थ्रिलर फिल्म ‘अन्धाधुन’ ले रामै्र दर्शक जुटायो। यस्तै जोन अब्राहमको ‘परमाणु’ र ‘सत्यमेव जयते’ फरकफरक जानराका फिल्म भएर पनि हिट भए। वरुण धवन र अनुष्का शर्मा ‘सुई धागा’ मा अफ्नो स्टारडम छोडेर अति साधारण लुकमा देखिए। यो फिल्म सफल भयो। जाह्नवी कपुरको पहिलो फिल्म ‘धडक’ पनि हिट भयो। ‘वीरे दी वेडिङ’ मा सबै महिला कलाकार थिए। यो फिल्मले बक्स अफिसमा रामै्र दर्शक जुटायो। अजय देवगन र अक्षयकुमार जस्ता स्टारका फिल्म ‘रेड’ र ‘प्यामम्न’ हिट त पक्कै भए तर आशा गरेअनुसार चलेनन्।

औसत फिल्म

यो सूचीमा सामेल फिल्मले लागानीभन्दा केही नाफा कमाए। अक्षय कुमारको ‘गोल्ड’ बक्स अफिसमा औसत साबित भयो। सुरमा, १०२ नट आउट, अक्टोबर, परी र हिचकीको बक्स अफिस प्रदर्शन औसत रह्यो। हिचकीको प्रदर्शन सोचे भन्दा ज्यादा भयो।

हलिउडको दबदबा

हरेक वर्ष विश्वमा हलिउड फिल्मको दबदबा बढ्दै गएको छ। हिन्दीम डब गरिएका हलिउड फिल्मले पनि राम्रो बजार लिए। एवेन्जर्स : इन्फिनिटी वार ब्लक बस्टर साबित भयो। यो फिल्मले भारतमा मात्र दुई सय २२ करोड रुपैयाँ कलेक्सन गर्‍यो। मिसन इम्पोसिबल-फलआउट, इनक्रेडिबल्स-२ र जुरासिक वल्र्ड : फलन किङ्डम पनि हिट भयो।

वेनम, आन्टम्यान एन्ड द वास्प, डेडपुल-२, रेम्पेज, ब्ल्याक पेन्थर र द ननले बक्स अफिसमा औसत प्रदर्शन गरे। मल्टिप्लेक्स र ठूला सहरमा यी हलिउड फिल्मलाई राम्रो रेस्पोन्स प्राप्त भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *