यि ६ पाकिस्तानी कलाकार जो बलिउडमा निकै चर्चा कमाएका छन्

डिसी नेपाल
१८ पुष २०७५ १६:३९

काठमाण्डौ । पाकिस्तान र भारतबिच राजनैतिक रुपमा मतभेद रहेता पनि यी दुई देश बिच कला र संकृतीको मेल भने पक्कै छ । पाकिस्तान र भारत यी दुई देशका गहना अर्थात कलाकारहरुमा मित्रताको भाव भने झल्किँदो पाईन्छ । किनभने पाकिस्तानी कलाकारहरुको बलिउडमा डेब्यू गर्ने क्रम बड्दो छ ।

बलिउडमा सकृय रहेका पाकिस्तानी कलाकारहरु धेरै छन् । पाकिस्तानको फिल्म उद्योग सानो भएकाले त्यहाँका आशालाग्दा कलाकारहरु बलिउड डेब्यू गर्न बाध्य छन् । पाकिस्तानीहरुलार्ई केही भारतिय उग्रवादीहरुले लखेट्नुपर्ने माग गर्दै आएपनि पाकिस्तानी कलाकारहरुको उपस्थिती बलिउडमा झन् बाक्लो हुँदै गएको छ ।

यि ६ पाकिस्तानी कलाकार जो बलिउडमा निकै चर्चित छन्

१. आतिफ अस्लाम

Related image

पछिल्लो समय बलिउडमा राज गरिरहेका गायक हुन् आतिफ अस्लाम । उनले आफ्नो पहिलो गीत ‘आदत’ आफ्नै पकेट मनी बचाएर रेकर्ड गरेको थिए भने उनले सन् २००४ मा आफ्नो पहिलो एल्बम ‘जलपरी’ सार्वजनिक गरेका थिए । जलपरी भित्र समाबेश सबै गीतहरु निकै हिट भए । गीतहरु हिट भएसँगै आतिफ पनि एकाएक हिट हुन थाले । जलपरिको सफलता पस्चात उनले ‘दुरी’ र ‘मेरी काहानी’ जस्ता एल्बमहरु रिलिज गरे । उनको चर्चा बलिउडमा मात्र नभएर हलिउडमा पनि हुन थालेको छ । उनले हलिउड फिल्म ‘मेन पुस कार्ट’का लागि ३ ओटा गीत रेकर्ड गरिसकेका छन् । उनी मार्च २०१३ मा गर्लफ्रेण्ड सारासँग विवाह बन्धनमा बाधिएका थिए । उनीहरुको एउटा छोरा छन् । उनले पेहिली दफा, मे रङ्गो सर्ब दा, जिना जिना, तु जाने जा, पिया ओ रे पिया लगायत दर्जनौँ हिट गीतहरु दिएका छन् ।

२. अलि जफर

Related image

बहुप्रतिभाशाली पाकिस्तानी अभिनेता हुन अलि जफर । बहुप्रतिभाशाली यस अर्थमा कि उनी पेन्टर, म्युजिसियन, कम्पोजर, गायक, गीत लेखक, म्युजिक डाईरेक्टर, मोडल आदि हुन् । उनले फिल्म ‘तेरे बिन लादेन’ मार्फत पाकिस्तानी फिल्म उद्योगमा डेब्यू गरेका थिए भने ‘किल दिल’ मार्फत बलिउडमा पाईला टेकेका हुन् । उनी कम्प्यूटर गेमहरु खेल्न निकै रुचाउँछन् । उनी श्रीमती आएशा फजिल र छोरा अजान जफरका साथ पाकिस्तामा बस्दै आएका छन् ।

३. राहत फतेह अली खान :

Related image

राहत फतेह अली खान पाकिस्तानी गायक हुन जसले पछिल्लो समय बलिउडमा तहल्का मच्चाई रहेका छन् । बलिउडमा उनलाई चर्चित प्ले ब्याक सिङ्गर मानिन्छ । उनी स्वरबद्ध गीतहरुले बलिउडमा चर्चा बटुल्ने गर्दछ । सुमधुर आवाजका धनी उनले सन् २००३ मा ‘पाप’ नामक फिल्मको ‘मन कि लगन’ बोलको गीत मार्फत बलिउड डेब्यू गरेका थिए । उनका गीतहरु सार्वजनिक भए लगत्तै कुनै न कुनै अवार्डमा नोमिनेट भईनैहाल्छन् । त्यसैले उनी सयौँ पुरस्कारहरुले पुरस्कृत भैसकेका छन् । तेरे मस्त मस्त दो नेन्, तेरी मेरी, जग घुमिया, मेरे रस्के कमर लगायत दर्जनौँ सुपरहिट गीत उनले गाइसकेका छन् ।

४. महिरा खान ः

Related image

फिल्म रईस मार्फत बलिउड डेब्यू गरेकी नायिका हुन माहिरा खान । उनले रईसमा बलिउडका बादशाह शाहरुख खानसँग रोमान्स गरेकी छिन् । बलिउड डेब्यू गर्नु पुर्व उनले पाकिस्तानी फिल्म ‘बोल’ मार्फत फिल्ममा डेब्यू गरेकी थिईन । उनले नियत, हमसफर, कोके काहानी, मोल, बिन रोए, अन्सु जस्ता सिरियलहरुमा काम गरिसकेकी थिईन । उनी हम स्टाईल अवार्ड, लक्स स्टाईल अवार्ड, पाकिस्तान मिडीया अवार्ड, निगर अवार्ड जस्ता पुरस्कारले पुरस्कृत भैसकेकी छिन् । उनले २०११ मा अली अस्कारेसँग डिभोर्स गरेकी थिइन् भने उनीहरुको एउटा छोरा अलिजान छन् । उनी पढ्न र गीत सुन्न मन पराउँछिन् । हाल उनी कराँचीमा आफ्नो परिवारका साथ बस्दै आएकी छिन् ।

५. फवाद खान ः

Image result for fawad khan

‘खुदा के लिए’ नामक पाकिस्तानी फिल्म मार्फत डेब्यू गरेका नायक हुन फवाद खान । उनले बलिउडमा भने सन् २०१४ मा फिल्म ‘खुबसुरत’ मार्फत डेब्यू गरेका हुन् । उक्त फिल्ममा उनले सोनाम कपूरसँग रोमान्स गरेका थिए । उनी केहि समय अघिमात्र ‘ए दिल ए मुस्किलमा’ देखिएका थिए । हाल उनी श्रीमती सादफ खान, छोरा अयान र छोरी एलेनाका साथ पाकिस्तानमा बस्दै आएका छन् ।

६. मवारा हुसेन ः

Related image

मरा होकान बलिउड डेब्यू गर्नुभन्दा पहिला भिजे थिईन । उनी भिजे मात्र नभएर पाकिस्तानी सिरियलहरुमा पनि अभिनय गर्थिन् । उनले आसिता आसिता , एक तमन्ना लाहासिल सि, निखर गए गुलाब जस्ता पाकिस्तानी सिरियलहरुमा काम गरेकी थिई । उनले बलिउडमा रोमान्टिक फिल्म ‘सनम तेरी कसम’ मार्फत डेब्यू गरेकी थिईन् भने उनले दोस्रो बलिउड फिल्म भने गरेकी छैनन् । हाल उनी पाकिस्तानमा आफ्नो परिवारसँग बस्दैछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *