सलमानले गरे खुलासा , सञ्जयको कारणले बिहा गरिन

डिसी नेपाल
१९ पुष २०७५ ९:४०

बलिउड चर्चित अभिनेता सलमान खानले आफ्नो विवाह हुन नसक्नुको विषयमा सञ्जय दत्तलाइ दोष दिएका  छन् । ५३ वर्षीय सलमान फिल्म क्षेत्रका राजा नै भएपनि विवाह भने गरेका छैनन् ।

उनले आफूले अहिलेसम्म विवाह नगर्नुमा अर्का अभिनेता सञ्जय दत्तको मूल कारण रहेको खुलासा गरेका छन् । उनले कमेडियन कपिल शर्माको नयाँ शो कपिल शर्मा शोमा उक्त कुराको खुलासा गरेका हुन् ।

सलमानले कपिलसँगको कुरा गर्दै आफ्नो विवाह संजय दत्तका कारण नभएको बताए । कार्यक्रममा उनले कपिललाई भनेका छन्, ‘एकपटक सञ्जु बाबाले मलाई विवाह गर्नुपर्छ भनेर सम्झाइरहेका थिए । त्यतिबेला उनको फोनको घण्टी बज्यो । फोनमा सञ्जयकै श्रीमतीले फोन गरेकी थिइन् । उनले फोन उठाउँनुअघि भने विवाह गर्नु बेकार हो ।’

सलमानले फेरि थपे, सञ्जय फोन उठाउँदै त्यहाँबाट गए । त्यसपछि मलाई थाहा भयो कि विवाह गर्नु कति गाह्रो छ । र, मैले बिहे गरिन ’

वास्तवमा सलमानको यो कुरा हसाउँनका लागि भनेका थिए । जुन कुरा सुनेर दर्शकहरु निकैबेर हासीरहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *