ला लिगामा २०१९ को सुरुवात रियलको खेलबाट , बार्सिलोनासगंको अङ्क दुरी घटाउने दाउमा
स्पेनिस ला लिगामा आजबाट २०१९का खेल सञ्चालन हुँदैछ । २०१९ को पहिलो खेलमा रियल मड्रिडले खेल्दैछ । रियलले १७ औं चरणको अन्तिम खेलमा भिल्लारियलसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाली समयअनुसार राति २ः१५ बजेदेखि सुरू हुने सो खेलमा रियलले भिल्लारियलसँग खेल्दैछ । यो खेल भिल्लारियलको मैदानमा हुनेछ । जारी लिगको अंकतालिकामा रियल चौथो स्थानमा छ भने भिल्लारियल १८ औं स्थानमा छ ।
जारी लिगमा सबैले १७ औं चरणको खेल सकिसक्दा रियलले आज १७ औं चरणको खेल खेल्दैछ । रियलबाहेक अन्य क्लबको १७ औं चरणका खेल २०१८ मै सकिएका हुन् भने रियलको १७ औं चरणको खेल बाँकी नै थियो ।
आजको खेलमा भिल्लारियलको मैदानमा उत्रिँदा रियल जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी कम गर्ने योजनामा हुनेछ । किनकी जारी लिगमा उसले १६ खेल खेलेकोमा ९ खेलमा जित, २ खेलमा बराबरी र ५ खेलमा पराजय भोग्दै २९ अंक बनाएको छ ।
शीर्ष स्थानको बार्सिलोनाले भने रियलभन्दा एक खेल बढी खेल्दै ३७ अंक बनाएको छ । यस्तै समान १७ नै खेल खेलको ३४ अंकका साथ एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ भने सेभिल्ला ३२ अंकसहित दोस्रो स्थानमा छ ।
यता आज रियललाई आफ्नै मैदानमा आतिथ्यता दिन लागेको भिल्लारियलसँग १५ अंक छ । उसले ३ खेलमा जित, ६ खेलमा बराबरी र ७ खेलमा हार व्यहोरेको छ ।
Facebook Comment