आलियाले भनिन्, ‘रणबीरसँग रिलेशनसिपमा हुनु कुनै उपलब्धि होइन’

डिसी नेपाल
२१ पुष २०७५ ३:०८

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुरले आलिया भट्ट सँगको प्रेम सम्बन्ध स्विकार्दै आलिया आफ्नो जीवनको दशौं नम्बरको प्रेमीका भएकोे बताएका छन । आलिया भट्टको खातामा यो समय ब्रह्मास्त्र, कलंक, गली बोय, तख्त र सडक २ जना ठूला फिल्म छन् । उनी ब्याक टू ब्याक यी फिल्मको शूटिंगमा व्यस्थ छिन् ।

यसैबीच उनी रणवीर कपूरसँगको सम्बन्धका कारण पनि चर्चामा छिन् । हालै दुबैले न्यूयोर्कमा न्यूइअर मनाएर । ब्रह्मास्त्रमा उनी रणवीरसँग रोमान्स गर्दैछिन् ।

आलियालाई गएको वर्षदेखि लाग्न थालेको छ मानिसहरु उनको कामभन्दा व्यक्तिगत जीवनमा धेरै केन्द्रित भएका छन् । रणवीरसँगको सम्बन्धबारे उनले हालसम्म सार्वजनिकरुपमा मुख खोलेकी छैनन् ।

उनलाई डर छ, उनको रिलेशनसिपको धेरै चर्चाले उनको सफलतामा ओभरश्याडो हुन सक्छ । हालै एक अन्तर्वार्तामा आलियाले भनिन्, ‘लगातार मेरो रिलेशनसिपलाई लिएर आउने समाचारहरुले मलाई तनाव दिँदैनन् ।

तर, केही दबाब भने पर्छ । मैले कहिल्यै आफ्नो व्यक्तिगत जीवनलाई लिएर यति केही भनेको छैन । रणबीरसँग रिलेशनसिपमा हुनु कुनै सफलता होइन । यो मात्र मेरो जीवनको एक भाग हो र महत्वूर्ण भाग । जसलाई कसैले नजरअन्दाज गर्न सक्दैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *