रोनाल्डोको विकल्पमा को भयो त रियलको लागी ? यि दुइ मध्ये कोसलाई खरिद गर्ला ?
स्पेनिस क्लब रियल म्याड्रिडको प्रदशन अहिलेको अवस्थामा सन्तोषजनक छैन । पहिले लिगमा उत्कुष्ट २ मा सजिलै पुग्ने रियल यो सिजनमा अहिले चौथो पाँचौ स्थानमा छ । यसको कारण पुर्व प्रशिक्षक जिदाने ले छोड्नु र प्रमुख खेलाडी रोनाल्डोले क्लब छोडेर युभेन्टस जानुलाई लिन सकिन्छ । रोनाल्डोले क्लब छोडेर इटालियन क्लब युभेन्टस गएपछि रियलले बीचमा थुप्रै खेलाडीमाथि नजर लगाएको थियो । आफ्नो यो नरमाइलो प्रस्तुती लाई टुङ्ग्याउन रियलले यि खेलाडीलाई किन्ने सकेंत देखाएको छ ,
को–को छन् त ति खेलाडी ?
१. ब्राहिम डियाज
स्पेनको अण्डर २१ का खेलाडी डियाज हाल म्यानचेस्टर सिटीमा आबद्व छन् । १९ वर्षीय यि खेलाडी प्रिमियर लिगमा ३ खेलमा २ गोल गर्न सफल भएका छन् । मिडफिल्डरमा खम्बा रहने डियाजलाई मड्रिडले नजर लगाएको जनाइएको छ ।
२. इडेन हाजार्ड
चेल्सीका खम्बा मानिएका हाजार्डले मड्रिड जाने मनस्थिती राख्दै आएका थिए । बेल्जियन स्टार हजार्डको करिअर एकदमै राम्रो रहेको छ । गोल गर्न, पास मिलाउन सधैं अब्बल रहने हाजार्ड विपक्षीको टाउको दुखाईको विषय बन्दै आएका छन् । मिडफिल्डबाट खेल्ने यिनले प्रिमियर लिगको यो सिजनमा २० खेल खेल्दै १० गोल गरेका छन् ।
३. ह्यारी केन
टोटनह्यामका स्ट्राइकर केन रसिया विश्वकपको गोल्डेन बुट बिजेता हुन् । इंग्ल्यान्डका कप्तान केनलाई रोनाल्डोको ठाउँमा ल्याउने चर्चा चलिआएको छ । टोटनह्यामका गोल मेशिन केनले मड्रिड जाने मनस्थिती भने नबनाएको जनाइएको छ । प्रिमियर लिगको यो सिजनमा २१ खेलमा १४ गोल गरेका उनले ४ असिष्ट पनि गरेका छन् ।
४. मार्कुस राष्फोर्ड
म्यानचेस्टर यूनाइटेडबाट खेल्ने यि इंग्लिस खेलाडीलाई मड्रिडले नजर लगाउनुको कारण उनको अट्याकिंग स्किल नै हो । छिटो दौडन सक्ने यिनलाई गोल गर्नबाट रोक्न गाहै्र हुने गरेको छ । प्रिमियर लिगको यो सिजनबाट १८ खेल खेलेका उनको नाममा ६ गोल र ६ असिस्ट रहेको छ ।
५. एल्फन्सो पेड्राजा
भिल्लारियलबाट विङ्गर खेल्ने यि स्पेनी खेलाडीले खासै गोल गर्न नसकेपनि गोल गर्ने मौका सिर्जना गर्न सिपालु रहेका छन् । ला लिगाको यो सिजनमा १५ खेल गर्दै जम्मा १ गोल गरेका छन् ।
Facebook Comment