बार्सिलोनाको नयाँवर्षको सुरुवात जितबाट , गेटाफेलाई हरायो उसकै घरमा (भिडियो सहित)

डिसी नेपाल
२३ पुष २०७५ ४:४७

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए रातिको भएको खेलमा लिग लिडर बार्सिलोनाले विजयी हात पारेको छ । गएराती सन् २०१९ को पहिलो खेल खेलेको बार्सिलोनाले गेटाफेलाई २–१ ले पराजित गरेको हो ।

पाहुना टोली बार्सिलोनालाइ जिताउन कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले समान एक एक गोलको योगदान गरे । मेस्सीले खेलको २० औं मिनेटमा गोल गर्दै घरेलु टोलीविरुद्ध अग्रता बनाएका थिए । यस्तै खेलको ३९ औं मिनेटमा स्वारेजले दोस्रो गोल गरेर बार्सिलोनाको अग्रता दोब्बर बनाए, यस्तै गेटाफेका लागि जैमे माटाले एक गोल फर्काए ।

पहिलो हाफको निर्धारित समय मा नै दवै टोलीले गोल लगाएका थिए,त्यसपछिको दोस्रो हाफमा दुवै टोलीले राम्रो मौका बनाए पनि गोल गर्न भने सकेनन् । र, साबिक विजेता बार्सिलोनाले सो खेल २–१ गोलअन्तरले जित्यो । यस जितसँगै उसले अन्य टेबलको निकट टिमविरुद्ध फराकिलो अंकको अग्रता गर्न सफल रह्यो ।

नयाँ वर्ष २०१९ को पहिलो जित निकालेको बार्सिलोनाले जारी लिगमा १८ औं खेल खेल्दा १२ खेलमा जित, ४ खेलमा बराबरी र २ खेलमा पराजय भोग्दै ४० अंक बनाएको छ । उसले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडभन्दा ५ अंकको अग्रता बनाएको हो । समान खेल खेलेको एथ्लेटिकोसँग ३५ अंक छ । उसले गए रातिकै खेलमा सेभिल्लासँग १–१ को बराबरी खेलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *