फेरी एकपटक रुनी पक्राउ

डिसी नेपाल
२३ पुष २०७५ १६:२९

इङ्ल्यान्डका पुर्व कप्तान वायन रुनीअमेरिकामा पक्राउ परेका छन् । उनी सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेको आरोपमा पक्राउ परेका अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

रुनीलाई अमेरिकाको डल्लेस एयरपोर्टले हिरासतमा लिएको छ । सार्वजनिक नशाको मुद्दामा पक्राउ परेका उनलाई ९१ डलर धरौटिमा छाडिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । साउदी अरबबाट फर्किएका उनले रक्सीसँग स्लिपिङ्ग ट्याबलेट लिएका थिए । एयरपोर्टमा ओर्लदा उनलाई शंकास्पद भेटिएकाले एयरपोर्ट प्रहरीले उनलाई गिरफ्तार गरेको थियो ।

रुनी यसअघि पनि मादक पदार्थ सेवन गरी तेज गाडी कुदाएको निहुँमा पक्राउ परेका थिए र अदालतले उनलाई गाडी हाँक्न २ वर्षको प्रतिबन्ध लगाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *