मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

डिसी नेपाल
२३ पुष २०७५ १७:०३

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ ।

जिल्ला कबड्डी सङ्घको सहयोगमा यही पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको छ । सङ्घका अध्यक्ष भुवनेश्वर मण्डलले सञ्चारकर्मीसँग सोमबार कुरा गर्दै प्रदेश नं १ मा पहिलो पटक हुन लागेको उक्त प्रतियोगितामा भारत, बङ्गलादेश, श्रीलङ्का र नेपालबाट नेपाल आर्मी तथा नेपाली कबड्डी राष्ट्रिय टोलीसहित पाँच टोलीको सहभागिता रहने बताए। सङ्घका सचिव उपेन्द्र यादवले प्रतियोगितामा विजयी हुने टोलीलाई नगद पुरस्कारसहित शिल्ड प्रदान गरिने जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *