मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

डिसी नेपाल
२४ पुष २०७५ १:२६

विराटनगर । मोरङको बूढीगङ्गा गाँउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ ।

मोरङ जिल्ला कबड्डी सङ्घको आयोजनामा पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुनेछ । सङ्घका जिल्ला अध्यक्ष भुवनेश्वर मण्डलका अनुसार उक्त प्रतियोगितामा भारत, बङ्लादेश, श्रीलङ्का र नेपालका दुई गरी पाँच टिमको सहभागिता रहने छ ।

नेपालबाट आर्मी र राष्ट्रिय टिम सहभागी हुनेछन् । प्रतियोगितामा विजयी टिमलाई नगद पुरस्कारसहित शिल्ड प्रदान गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *