क्वाटरफाइनल पनि पुग्न सकेन, लिभरपुल एफए कपबाट बाहिरियो

डिसी नेपाल
२४ पुष २०७५ २:३७

झापा । लिभरपुल एफए कप फुटबलको तेस्रो चरणबाट नै बाहिरिएको छ । सोमबार राती भएको खेलमा वोल्भ्ससँग पराजित भएको लिभरपुलले एकदमै खराब प्रस्तुति दिएको थियो ।

लिभरपुलको पोस्टमा वोल्भ्सका स्ट्राइकर राउल जिमेनेज र रुबेन नेभेसले बललाई जाली चुमाए । यता, लिभरपुलका लागि एक मात्र गोल डिभोक ओरिगीले गरे ।

खेलको पहिलो हाफबाट नै वोल्भ्सले लिड गर्न थालेको थियो । दोस्रो हाफ सुरु भएलगत्तै लिभरपुलका ओरिगीले जवाफी गोल हाने । तर, चार मिनेटमा नै वोल्भ्सले थप एक गोल गर्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *