अल्बा र मेस्सीको साझेदारी अब हेर्न नपाइने , अल्बा क्लब छाड्ने

डिसी नेपाल
२४ पुष २०७५ २:४६

जनवरीको ट्रान्सफर विन्डो खुलेसंगै अहिले युरोपका उत्कृष्ट पाँच लिगमा रहेका क्लबले कुन खेलाडी किन्ने भन्नेमा अहिले एकदमै चर्चा छ । यस्तै क्रममा इटालियन क्लब युभेन्टसले स्पेनको क्लब बार्सिलोनाको खेलाडीमाथि आफ्नो नजर राखेको छ । स्पेनिस क्लब बार्सिलोनामा खेलिरहेका स्पेन का राष्ट्रिय खेलाडी जोर्डी अल्बालाई युभेन्टसले आफ्नो क्लबमा भित्र्याउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएको छ।

अल्बाको खेल एकदमै उत्कृष्ट छ उनी मैदानको सबै भागमा खेल्न सक्ने खेल्न क्षमता भएका खेलाडी हुन् । हाल उनी रहेको क्लबका कप्तान लियोनल मेस्सी र उनको साझेदारीको चर्चा विश्वमै छ । यि दुइको साझेदारीले बार्सिलोनाको खेल एकदमै रोमाञ्चक हुन्छ । मेस्सीले सरुमा अल्बालाई पास दिने त्यसपश्चात् पुन अल्बाले मेस्सीलाइ पास दिएर मेस्सीले गोल गरेको सख्या धेरै नै छ तर सायद अब यो जोडिको रोमाञ्चक साझेदारी हेर्न सायद नपाइने भएको छ । सञ्चार माध्यमका अनुसार बार्सिलोनाका खेलाडी अल्बालाई भित्र्याउने युभेन्टसले बताएको छ इटालीको चर्चित पत्रिकाअनुसार अल्बाले बार्सिलोनासँग आफ्नो सम्झौता नविकरण गर्न नमानेकाले युभेन्टसले मौकाको फाइदा उठाउन लागेको जनाएको छ ।

स्पेनका यी २९ वर्षीय खेलाडीले बार्सिलोना छाड्ने मनस्थितीमा रहेकाले नयाँ सम्झौतामा साइन नगरेको जनाइएको छ । यता अल्बाकोपछि सो इटालियन क्लब मात्र नभएर म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेड समेत लागेको जनाइएको छ । आफ्नो सम्झौता सकिँन १ वर्ष मात्र बाँकी रहेका यी खेलाडीलाई कुन क्लबले रिझाउने हो, यो भने हेर्न बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *