नेपाली क्रिकेट सम्बन्धी फिल्म बन्दै

डिसी नेपाल
२४ पुष २०७५ ५:०१

नेपालमा खेलकुद सम्बन्धित धेरै फिल्म बन्न सकेक छैन्न । बनेका केहीले पनि बक्सअफिसमा भने राम्रो नतिजा ल्याउन सफल भएका छैन्न । डण्डीवियोको कथामा फिल्म ‘डमरुको डण्डीवियो’ र क्रिकेटमा आधारित भएर ‘च्याम्पियन’ निर्माण भएको थियो । यस्तै, फुटबल खेलाडीको संघर्षमा फिल्म ‘क्याप्टेन’ तयार भएको छ ।

विश्वमै सर्वाधिक लोकप्रिय मध्ये एक र नेपालका युवापुस्ताले अत्याधिक रुचाएको खेल क्रिकेटमा आधारित एक फिल्म नेपालमा आउने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले क्रिकेटको कथामा आधारित फिल्म नेपालमा ल्याउदै छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको सद्रभावना दुत तथा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले फिल्मको बारेमा जानकारी दिए ।
अष्ट्रेलियामा आयोजित कार्यक्रममा एक्सपर्टका निर्देशकका अनुसार यो फिल्मले क्रिकेटको विकासमा धेरै मद्दत पुग्ने र नेपाली क्रिकेटमा नेपालीहरुमा अझ मोह बढ्ने बताए ।

फिल्मले एक सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा भन्नेछ । फिल्ममा सुनोद श्रेष्ठ लिड रोलमा रहनेछ । अन्य कलाकार र निर्देशक भने चाँडै छनोट गरिने शर्माले बताएका छन् । मुख्य अभिनेता श्रेष्ठको यो डेब्यु फिल्म हो । यसअघि उनले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *