म्यानचेस्टर सिटीका फरवार्ड डायज रियल मड्रिडमा अनुबन्ध

डिसी नेपाल
२४ पुष २०७५ ७:००

काठमाडौँ, २४ पुस । रियल मड्रिडले म्यानचेस्टर सिटीका खेलाडी ब्राहिम डायजलाई अनुबन्ध गरेको छ । मिडिया रिपोर्टका अनुसार उनलाई १५ मिलियन पाउण्डमा रियलले अनुबन्ध गरेको हो ।

रियलसँग साढे ६ वर्षको सम्झौता गरेका स्पेनका अण्डर १९ फरवार्ड डायज पछिल्लो समयका सर्वाधिक रुचाइएका खेलाडी हुन् । उनले गएको नोभेम्बरमा फुलहमविरुद्ध दुई गोल गरेका थिए ।

युवा खेलाडीहरु अनुबन्ध गर्न रियलले ठुलै अध्ययन गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यस सिजन रियल मड्रिड स्टार खेलाडीहरु समेत अनुबन्ध गर्ने तयारीमा रहेको बताइएको थियो ।

तर, सिजनको मध्य समयमा आएर रियलले कस्ता खेलाडीहरु अनुबन्ध गर्ने हो त्यो भने चासोको विषय बनेको छ । नेयमार, हजार्ड जस्ता खेलाडी किन्न तयारी गरिरहेको खबर बाहिर आइरहँदा रियलले यसबारे भने प्रतिक्रिया दिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *