लिगको अन्तिम खेलमा मनाङ पराजित

डिसी नेपाल
२४ पुष २०७५ १३:०१

काठमाडौँ । मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा पराजित भएको छ ।

लिगअन्तर्गत आज एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ फ्रेण्डस क्लबसँग १–० गोलले पराजित भएको हो । आजको अन्तिम खेलमा पराजित भए पनि मनाङले लिगको उपाधि भने दुई खेल अगावै जितिसकेको छ । फ्रेण्डसको जीतमा विकास लामाले इञ्जुरी समयमा गोल गरे । ‘ए’ डिभिजन लिगमा मनाङको यो कीर्तिमानी आठौँ उपाधि हो ।

यसैगरी आजै हल्चोक मैदानमा भएको अन्तिम चरणको खेलमा ब्रिगेड ब्वाइज र एनआरटी क्लबले बराबरी खेलेका छन् । हलचोक मैदानमा भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन् । ब्रिगेड ब्वाइज नौ अङ्कसहित तालिकाको एघारौँ स्थानमा रह्यो भने एनआरटी छ अङ्क जोड्दै तालिकाको पुछारमा रहेर लिगको अन्त्य गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *