स्पेन जर्मनी र अब इटालीमा खेल्ने रोबिनले , बार्यन छोड्दै

डिसी नेपाल
२४ पुष २०७५ १३:५९

नेदरल्याण्सका स्टार खेलाडी विगंर आर्जेन रोबिनले बायर्न म्यूनिख छोड्ने भएका छन् । हाल बार्यन म्युखिमा आफ्नो व्यवशायिक खेल खेलिरहेका रोबिनले विगत १० वर्षबाट जर्मन क्लबमा आबद्ध छन् । अन्तर्रास्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी अक इटालीको घरेलु लिग सिरी ए का अनुभव लिन इन्टर मिलान जाने ज्यादा समभावना रहेको जनाइएको छ ।

३४ वर्षीय यी खेलाडी रोबिन थाइ इन्ज्युरीसँग जुधिरहेका छन् । आफू चाँडै फिट भएर फेरि खेल जीवनमा फर्कने बताएका उनीले आफूमाथि विभिन्न क्लबहरुले चासो दिइरहेको जानकारी दिए ।

रियल मड्रिडबाट सन् २००९ मा म्यूनिख आएका यी खेलाडी आफ्नो १० वर्षको बसाईँलाई अन्त्य गर्दै नयाँ क्लब जाने सोचमा रहेको जनाइएको छ । यो सिजनमा १३ खेल खेल्दै उनले ५ गोल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *