झापा क्वाटरफाइनलमा प्रवेश

डिसी नेपाल
२४ पुष २०७५ १५:१५

धनगढी । धनगढी मगंलबार देखि शुरु भएको ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्ड कप’को उद्घाटन खेलमा झापाले विजयी सुरुवात गरेको छ ।

धनगढीमा भएको पहिलो प्रतिस्पर्धामा मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर झापाले आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबलाई पराजित गरेको छ । खेलमा गोलरक्षक दीप कार्कीको उत्कृष्ट खेल प्रदर्शनपछि मेची नेत्रालयले बाजी मारेको हो । यो जितसगैं मेची नेत्रालय काँकडभिट्टा क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि गरिएको ‘सडन डेथ’मा काँकडभिट्टाले ७–६ गोलको जीत दर्ता गरेको हो । सडन डेथमा लावल ओलाकानको प्रहार अकाशिएपछि काँकडभिट्टाको जीत सहज बनेको थियोे । मेची नेत्रालयका भूषण लिम्बू, अजीत गुरुङ, विश्वास श्रेष्ठ, दीप कार्की, निशान लिम्बू, विकास राई र विशाल राईले गोल गरे । सुदूरपश्चिम–११ का लागि अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिम तामाङ र चेतनकुमार थारूले गोल गरे ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका काँकडभिट्टाका गोलरक्षक दीप कार्कीले ‘म्यान अफ द म्याच’ भइ पुरस्कारस्वरुप रु १० हजार हात पारे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताअन्तर्गत बुधबार नेपाल पुलिस क्लब र मोरङ–११ का बीच प्रतिस्पर्धा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *