रङ्गशाला निमार्ण गर्न एक करोड बजेट विनियोजन

डिसी नेपाल
२४ पुष २०७५ १५:३०

वीरगञ्ज । प्रदेश २ का भौतिक, पूर्वाधार तथा यातायातमन्त्री जितेन्द्र सोनलले वीरगञ्जमा रहेको रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाएर खेदकूदको विकास गरिने बताएका छन् ।

मगंलबार देखी वीरगञ्जमा आयोजित प्रथम इण्डो नेपाल तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिता–२०७५ को उद्घाटन गर्दै उनले प्रदेश सरकारले सो रङ्गशालाको स्तरोन्नति गर्न रु एक करोड विनियोजन गरेको जानकारी गराए ।

आयोजक समितिका संयोजक शिवशङ्कर पटेलको सभापतित्वमा भएको सो उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, पर्साका प्र जि अ नारायणप्रसाद भट्टराई, राजपाका राजेशमान सिंह, नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्याम बञ्जारालगायतले खेलप्रति प्रदेश सरकार उदासीन रहेको आरोप लगाए । तीन दिनसम्म चल्ने सो प्रतियोगितामा नेपालका सातवटै प्रदेशका खेलाडीलगायत छिमेकी मुलुक भारतका विभिन्न प्रान्तबाट आएका तेक्वान्दो खेलाडीको सहभागिता छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *