सन् २०१८ को धेरै कमाउने फिल्ममा सञ्जु एक नम्बरमा , अमिर खानको फिल्म सबै भन्दा पुच्छारमा

डिसी नेपाल
२५ पुष २०७५ ३:१९

बलिउडमा स्टार अभिनेताहरुले अभिनय गरेका चलचित्रहरु सजिलै सय करोडको क्लबमा पर्छन् । यस्तैमा सन् २०१८मा २ वटा फिल्महरुले भने २ सय करोडभन्दा धेरै कलेक्सन गरेका छन् ।

सन् २०१८मा रिलिज भएको बलिउडका स्टार सञ्जय दत्तको वायोपिक चलचित्र ‘सञ्जु’ले धेरै कमाइ गर्दै २०१८ मा सर्वाधिक कमाउने चलचित्र बन्यो । रणवीर कपुरको अभिनय रहेको यो फिल्मले भारतमा ३ सय ४१ दशमलव २२ करोड भारु कमायो । सन् २०१८ मा नै बलिउडका सबैभन्दा उत्कृष्ट कलाकार मानिने आमिर खान , सलमान खान तथा शाहरुख खानको फिल्म पनि रिलिज भए तर यिनीहरुलाई दर्शकले तेत्ती रुचाएनन् । फलस्वरुप यि फिल्महरु वर्षको उत्कृष्ट हुन सकेन ।

यस्तै अर्का अभिनेता रणवीर सिंहको फिल्म ‘पद्मावत’ दोस्रो बन्यो । रणवीर, दीपिका पादूकोण तथा शाहिद कपूरको यस फिल्मले तीन सय करोड कमायो । यस्तै रजनिकान्त र अक्षय कुमारको अभिनय रहेका ‘२।०’ ले भारतमा मात्रै एक सय ८८ करोड भारु कमायो ।

यता रणवीर सिंहको ‘सिम्बा’ले पनि २ सय करोड भारु कमाउने अपेक्षा गरिएको छ । ’सिम्बा’ अहिलेपनि भारतका विभिन्न हलहरुमा चलिरहेको छ । हालसम्म यो फिल्मले एक सय ७३ दशमलव १५ करोड भारु कमाएको भारतीय अनलाईन कोइमोइले जनाएको छ ।

यस्तै सलमानको ‘रेस ३’ ले एक सय ६९ करोड कमाउँदा, टाइगर श्राफको १ सय २३ दशमलव १७ करोड भारु कमायो । यस्तै आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ले एक सय ४५ दशमवल २९ करोड भारु कमायो । ‘बाघी २’ ले एक सय ६५ करोड कमायो । श्रद्धा कपूरको ‘स्त्री’ले १ सय २९ दशमलव २१ करोड कमायो भने आलिया भट्टको ‘राजी’ले ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *