म्यान्चेस्टर युनाइटेडले कौटिन्होलाई क्लबमा आबद्ध गर्ने , जालान् त स्पेन छोडेर कौटिन्हो ?
एजेन्सी । ट्रान्सफर विन्डो खुलेसंगै जारी सिजनमा त्यस्तो उत्कृष्ट प्रदशन गर्न नसकेको इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलाडी फिलिप्पे कौटिन्होलाई आफ्नो क्लबमा भित्र्याउन तयारी गरेको छ । सिजन चल्दा चल्दै विश्मै उत्कृष्ट प्रशिक्षक मानिने मौउरिन्हो लाइ बर्खास्त गरे पश्चात् म्यानचेष्टर युनाइटेडको खेलमा केही सुधार भने आएको छ ।
इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलाडी फिलिप्पे कौटिन्होलाई भित्र्याउने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युनाइटेडले ।कौटिन्होलाई आफ्नो क्लबमा ल्याउने तयारी थालको छ ।
बर्सिलोनाका यी खेलाडीलाई युनाइटेडले ल्याउन प्रक्रिया चालिसकेको अन्तर्रास्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बार्सिलोनामा संघर्ष गरिरहेका यी स्टार खेलाडीलाई म्यानचेष्टर सिटीले मात्र नभएर लण्डन क्लब चेल्सी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनले समेत नजर लगाएको जनाइएको छ ।
एन्फिल्डबाट १ सय ३० मिलियन पाउण्डमा बार्सिलोनामा भित्रिएका कौटिन्होलाई यूनाइटेडले १०० मिलियन पाउण्डभन्दा माथिको रकममा किन्न सक्ने जनाइएको छ । २६ वर्षीय यी खेलाडीले यो सिजन ला लिगामा १६ खेलमा जम्मा ४ गोल गरेका छन् ।
Facebook Comment