छैटौँ पटक गोल्डेन बुट जित्ने दाउमा मेस्सी , यो पाली पनि मेस्सी नै शिर्ष गोलकर्ता

डिसी नेपाल
२५ पुष २०७५ १४:०८

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि रहेका छन् । पाँच पटक गोल्डेन बुटको उपाधि जितेका उनी छैटौं पटकको गोल्डेन बुटको दौडमा पनि अगाडि रहेका छन् । लियोनल मेस्सी पाँच पटकका बालो डि ओरका पनि विजेता हुन् । मैदानको कुनै पनि भागबाट विपक्षीको गोल पोसमा लगेर गोल लगाउने क्षमता यिनमा छ ।

मेस्सी सबैलाई उछिन्दै गोल्डेन शु दौडको पहिलो स्थानमा कब्जा जमाएर बसेका छन् । अर्जेन्टिनाका यी जादूगर खेलाडीले ३२ खेल खेल्दै १६ गोल गरेका छन् । यस्तै उनलाई पछ्याउँने क्रममा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

टप ५ मा को–को ?

१. लियोनल मेस्सी (बार्सिलोना)
बार्सिलोनाका कप्तानसमेत रहेका यी स्टार खेलाडी शीर्ष स्थानमा छन् । अर्जेन्टिनाका यी जादूगर खेलाडीले ३२ खेल खेल्दै १६ गोल गरेका छन् । उनी पाँच पटकका गोल्डेन बुट विजेता हुन् ।

२. क्रिष्टियानो रोनाल्डो (युभेन्टस)
रियल मड्रिड छाडेर युभेन्टस गएका यी स्टार खेलाडीले २८ खेलमा १४ गोल गरेका छन् । पोर्चुगलका सर्वाधिक गोलकर्ता रोनाल्डोले खेलाडी गोल्डेन शु दौडको दोस्रो स्थानमा छन् । रोनाल्डोले ४ पटक गोल्डेन शु जितिसकेका छन् र उनी एक मुख्य दाबेदार हुन् ।

३. ह्यारी केन (टोटनह्याम)
रसिया विश्वकपको गोल्डेन बुट विजेता यी इंग्ल्याण्डका खेलाडीले २८ खेल खेल्दै १४ गोल गरेका छन् । गोल्डेन शुको दौडमा तेस्रो स्थानमा रहेका टोटनह्यामका यी खेलाडी शुका दाबेदार हुन् ।

४. पियरी एमरिक औबामेयाङ्ग (आर्सनल)
गोल्डेन शुको दौडमा चौथौं स्थानमा रहेका गबोनका यी युवा खेलाडीले २८ खेल खेल्दै १४ गोल गरेका छन् । यी खेलाडीलाइ आर्सनलले ५६ मिलियन पाउण्डमा भित्र्याएको थियो ।

५. कलियिन एम्बाप्पे, (पीएसजी)
फ्रान्सका यी युवा खेलाडी गोल्डेन शु को दौडमा पाँचौ स्थानमा रहेका छन् । पिएसजीका यी फरवार्डले २६ खेल खेल्दै १३ गोल गरेका छन् । १३ मिनेटभित्र ४ गोल गरेका यी खेलाडीले आफ्नो क्लबलाई लिग वानको पहिलो स्थान ओगट्न ठूलो मेहनत गरेका छन् ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *