फिफा ‘टिम अफ दि इयर’ सार्वजनिक , एम्बापे पहिलो पटक टिममा , नेयमार आटेनन्
एजेन्सी । अन्तराष्ट्रिय फुटबलको मुख्य संस्था फेडेरेसन इन्टरनेशनल डे फुटबल एशोसिएसन(फिफा)ले २०१९ को ‘टिम अफ दि इयर’ सार्वजनिक गरेको छ । सबैले प्रतिक्षा गरिरहेको यो नतिजा फिफाले सार्वजनिक गरेको हो । वर्षैभरी उत्कृष्ट खेल्ने खेलाडीहरु लाई यहाँ समावेश गरिन्छ र उक्त टिम सबैको चासोको विषय बन्ने गरेको छ, आफ्नो मनपर्ने खेलाडी परे कि परेनन् भनेर ।
सधैझैँ यसपाली पनि नछुटेका नाम हुन् बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्टसका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो । यी दुवै खेलाडीले समान ९९ अंक पाएका छन् । फरवार्डको सूचिमा परेका यी खेलाडीको साथमा किलियन एमबाप्पे पनि रहेका छन् । एमबाप्पेको भने ९७ अंक रहेको छ । अर्का यूवा खेलाडी नेयमार भने सो सूचिमा अटेनन् ।
त्यसैगरी मिडफिल्डरमा रसिया विश्वकपका गोल्डेन बल बिजेता लुका मोड्रिच, फ्रान्सका युवा खेलाडी एन्गोलो कान्टे र बेल्जियमका अर्का युवा खेलाडी केभि डि ब्रुयन रहेका छन् । डिफेन्डरर्समा भने ब्राजिलका मार्सेलो, स्पेनका सर्जियो रामोस, नेदरल्याण्सका भान जिक र फ्रान्सका राफेल वाराने रहेका छन् । यस्तै गोलकिपरमा स्पेनका डि गेया रहेका छन् ।
Facebook Comment