फाल्गुनन्द गोल्डकप : सुनसरीलाई रोक्दै सरस्वती अन्तिम चारमा

डिसी नेपाल
२६ पुष २०७५ १:०९

पाँचथर । खेलको आठौं मिनेटमा लिएको अग्रतालाई अन्तिम १५ मिनेट जोगाउन नसक्दा साबिकको विजेता सुनसरी–११ फिदिममा जारी दशौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

सुनसरी बुधबार फाल्गुनन्द गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको काठमाडौंको सरस्वती युथ क्लबलाई २–१ को नतिजा सुम्पिँदै क्वार्टरफाइनलबाट बाहिरिएको हो। दोस्रो हाफमा अन्तिम समयसम्म सरस्वती सुनसरीले लिएको अग्रतालाई उल्टाउन सफल भएको थियो।

सरस्वतीका विदेशी खेलाडी भिक्टोरको दुई गोलप्रेरित खेलमा सरस्वतीले अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो। सुनसरीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै म्यान अफ दी म्याच भिक्टरले खेल सकिन १० मिनेट बाँकी रहँदा विजयी गोल गरेका थिए।

यसअघि आठौं मिनेटमा दीपेन तामाङले गोल गर्दै सुनसरीलाई सुरुआती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको सरस्वतीले त्यसपछि बराबरीका लागि निकै संघर्ष गर्नुपर्यो। निकै प्रतिस्पर्धात्मक खेलमा सुनसरीका उमेश राईको पासलाई तामाङले सदुपयोग गरेका थिए। पहिलो हाफमा सरस्वतीका तीर्थ बस्नेत र भिक्टोरले पाएका केहि मौका गुमाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *