खराब प्रदशन गरिरहेको रियलले कोपा डेल रे मा अन्तत जित निकाल्यो

डिसी नेपाल
२६ पुष २०७५ २:३७

स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेअन्तर्गत रियल मड्रिडले जित निकालेको छ । विगतका केही समय देखी निकै नराम्रो प्रदशन गरेको रियलले अन्तत लेगानेसविरुद्ध सहज जित भने निकाल्न सक्यो ।प्रतियोगिताअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेल खेलेको रियलले आफ्नै मैदानमा लेगानेसविरुद्ध सहज जित निकालेको हो । रियलको जितमा सर्जियो रामोस, लुकास भास्क्वेज र भिनिसियस जुनियरले समान एक–एक गोल गरे ।

खेलको पहिलो हाफको अन्तिम समयमा रियलका तथा स्पेनका कप्तान रामोसले गोलको सुरुवात गरेका थिए । उनले खेलको ४४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पहिलो हाफ १–० ले अगाडि बढाए । यस्तै खेलको दोस्रो हाफमा रियलले दुई गोल गर्न सफल भयो ।

उसका लागि भिनिसियसको पासमा लुकासले गोल गरे । उनले खेलको ६८ औं मिनेटमा गोल गर्दै रियललाई २–० को अग्रता बनाए । त्यसको ९ मिनेटपछि भिनिसियसले गोल गर्दै रियललाई ३–० को जित दिलाए । उनले खेलको ७७ औं मिनेटमा अल्भारो ओड्रिजोलाको असिस्टमा गोल गरे ।

अब रियलले अन्तिम १६ को दोस्रो लेगमा लेगानेसँग उसैको मैदनमा खेल्नेछ । जनवरी १७ मा हुने सो खेलमा उसले जित निकालेको खण्डमा अर्को राउण्डमा प्रवेश पाउनेछ । गए राति चार खेल सकिएपछि आज अन्य तीन खेल हुनेछ र अन्तिम १६ को पहिलो लेग सकिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *