खुल्यो रहस्य आन्द्रेस इनियष्टाले माफी माग्नुको कारण (फोटो सहित)
एजेन्सी । स्पेनिस क्लब बार्सिलोना पूर्वकप्तान तथा स्पेनका पूर्वस्टार मिडफिल्डर आन्द्रेस इनियष्टाले एक विवादास्पद तस्बिरका लागि माफी मागेका छन् । स्पेनमा मनाइने थ्री ‘किंग्ज डे’ मनाउँदै खिचिएको फोटोमा विवाद चर्किएपछि उनले माफी मागेका हुन् ।
इनियष्टाले खिचेको तस्बिरमा २ जना व्यक्तिले अनुहारमा कालो पोतेको देखिन्छ । सोही फोटोमा कालो वर्णको अपमान गरेको भन्दै सोसल मिडियामा उनलाई नकारात्मक टिप्पणी आएका थिए । विभिन्न राजाहरुको भेषमा रहेका ब्यक्तिहरुबीच बसेका इनियष्टाको पछाडि ति दुई काला वर्णका ब्यक्ति रहेका छन् ।
सो फोटो सार्वजनिक भएपछि नश्लभेदी विवाद उत्पन्न हुने भन्दै त्यसको आलोचना भएपछि इनियष्टाले त्यसका लागि माफी मागेका हुन् । यद्यपि, उनले त्यो तस्विर सार्वजनिक गर्नुमा कुनै गलत नियत नरहेको स्पष्ट पारेका छन् ।
उनी अघिल्लो वर्ष बार्सिलोना छोडेर जापानीज क्लब भिजेल कोबे गएका थिए । यसअघि फ्रान्सका फरवार्ड एन्टोनी ग्रिजमान काला वर्ण भएका व्यक्तिहरुको फोटो हालेर अपमानित भएका थिए ।
Facebook Comment