मेस्सी विना मैदानमा उत्रेको बार्सिलोना पराजित

डिसी नेपाल
२७ पुष २०७५ १:४३

स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेअन्तर्गत गए रातिको खेलमा बार्सिलोनाले पराजय भोगेको छ । बार्सिलोनाका कप्तान समेत रहेका लियोनल मेस्सीको अनुपस्थिती रहेको यस खेलमा लुइस स्वारेज , जेरार्ड पिके , जोर्डी अल्बा को पनि उपस्थिीती थिएन । यि सबै खेलाडीलाई प्रशिक्षक भाल्बार्डेले रेस्ट दिएका थिए । तर यसको नतिजा भने खराब आएको छ । यो खेलमा स्पेनिस तथा बार्सिलोनाका मिडफिल्डर बुस्केट्सलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।

जारी प्रतियोगिताअन्तर्गत अन्तिम १६ को पहिलाे लेगको अन्तिम खेल खेलेको बार्सिलोना लेभान्टेसँग २–१ ले पराजित भएको हो । लेभान्टेको घरेलु मैदानमा भएको सो खेलमा घरेलु टोलीलाई जिताउन इरिक काबाको र बोर्जा मायोरलले समान एक–एक गोल भने बार्सिलोनका लागि सान्त्वनास्वरुप फिलिप्पे कौटिन्होले एक गोल फर्काए ।

खेलको चौथो मिनेटमै लेभान्टेका काबाकोले गोल गरेपछि घरेलु टोलीले अग्रता बनाएको थियो । यस्तै खेलको १८ औं मिनेटमा बोर्जाले एक गोल थपेपछि पाहुना टोली बार्सिलोना २–० ले पछाडि रह्यो ।

खेलको पहिलो हाफ २–० ले पछाडि रहेको बार्सिलोनाले खेल सकिन पाँच मिनेट बाँकी छँदा एक गोल गर्यो । बार्सिलोनाका लागि कौटिन्होले खेलको ८५ औं मिनेटमा गोल गर्दा पनि लेभान्टेविरुद्ध हार टार्न सकेनन् । र, लेभान्टेले खेल २-१ ले जित्यो ।

अब अर्को हप्ता हुने दोस्रो लिगको खेलमा उत्कृष्ट प्रदशन गरेर मात्रै लिग लिडर बार्सिलोना अर्को चरणमा पुग्न सक्छ । खेलमा कौटिन्हो, ओस्मान डेम्बेले, माल्कोमलगायत खेलाडीले आफ्नो प्रदर्शन उच्च राखेका थिए । यस खेलसँगै अन्तिम १६ को पहिलो लेगका खेलहरु सकिनेछन् । अन्तिम १६ को दोस्रो लेग अर्को साताबाट सुरू हुनेछन् । दुवै लेगमा समग्रमा जित निकाल्ने टोलीले अर्को चरणमा स्थान बनाउनेछ । यदि, दुवै खेलमा बराबरी गरेमा अवे गोल निर्णायक हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *