म्यान्चेस्टरका वाल्करले भने म मेस्सी र रोनाल्डो भन्दा उत्कृष्ट छु
पछिल्लो समय विश्व फुटबल जगतमा दुई फुटबलरको चर्चा चलिरहेको छ । विगत १० वर्षअघिदेखि नै अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी र पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको चर्चा छ ।
यी दुवैले फुटबल क्षेत्रको कायापलट गरेका छन् । तर, इंग्लाण्डका राष्ट्रिय टोलीका खेलडाी कायल वाकरले मेस्सी र रोनाल्डोभन्दा आफू उत्कृष्ट खेलाडी रहेको बताएका छन् । इंग्लिस क्लब म्यानचेष्टर सिटीबाट व्यवसायिक फुटबल खेलिरहेका उनले आफू फुटबल स्टारद्वय मेस्सी र रोनाल्डोभन्दा उत्कृष्ट रहेको बताएका हुन् ।
सिटीका डिफेन्डरले वाकरले उक्त कुरा आफ्नो इन्स्टाग्राममा भनेको डेलीमेल ले जनाएको छ । सिटीले बर्टनलाइ ९–० को ठूलो अन्तरले हरापछि उनले उक्त कुरा भनेका हुन् । २८ वर्षीय यी खेलाडी वाकरले सो खेलमा एक गोल गरेका थिए ।
आफ्नो इन्स्टाग्राममा उनले ‘२०१९ को गोलकर्ता वाकर–१ रोनाल्डो ०, काराबाओ कपका गोलकर्ता वाकर–१ मेस्सी ०, कुरै खत्तम’ भन्दै पोष्ट गरेका थिए ।
यद्यपि उनले सो कुरा मजाकमा लेखेको समेत जनाइएको छ । जारी सिजनमा यो उनको दास्रो गोल हो ।
Facebook Comment