यसरी गायक बने बैङ्क मेनेजर (भिडीयो सहित)

डिसी नेपाल
२८ पुष २०७५ १:३०

झापा। जुनसुकै पेशा होस या व्यावसाय संगीतले हरेकको मन छुने गर्छ । यही भिडमा रुमल्लीएको एउटा नाम हो ज्ञानेन्द्र बस्नेत । उनी पेशाले बैङ्र्स हुन् । झापाको विर्तामोडमा रहेको गरिमा विकास बैङ्गका शाखा प्रवन्धककारुपमा रहेका उनी संगीतमा औधी रुची राख्छन् ।

संगीतमा धेरै रुचीभएपनि कर्तव्य निष्ठ भएर पेसालाई अंगाली रहेका उनले पछिल्लो समय एक समय गायनलाई छुट्टयाउन शुरु गरेका छन् । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ उनले संगीतमा पनि आफुलाई स्थापित गराउने उदेश्यले अगाडि बढ्ने अठोट गरेका हुन् । बिराटनगर १ बुध चोकमा स्थायी घर भएका उनी संगीतमा सानै देखि रुची भएको बताउँछन् । नेपाली तारा गायन प्रतियोगीतामा समेत सहभागीता जनाएका उनी गायन यात्रालाई थाँती राखेर पेशामा आवद्व भएका थिए ।

आफ्ना मामाबाट गीत गाउन सिकेको बताउने बस्नेत अहिले भने गायनको औपचारिक शिक्षा लिँदै आएका छन् । उनी प्राय जस्तो पुराना गीतहरु गाउने गर्दछन् । गायनमा रहेर पुराना लोक कला र संस्कृतिको जगेर्ना गर्ने उदेश्य बोकेका बैङ्क म्यानेजर तथा गायक बस्नेत अन्य गायक भन्दा कम छैन्न ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *