झापा गोल्डकपको चौथो संस्करण आज बाट सुरु

डिसी नेपाल
१८ फागुन २०७५ ९:२७

झापा । झापा गोल्डकपको चौथो संस्करण आज बाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा ११ र साहारा क्लब पोखरा बीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेल बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछन् ।

ए डिभिजनका ६ सहित १० टोली सहभागी गोल्डकपका लागि डोमालाल राजवंशी रंगशालामा ८ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको आयोजकले जनाएको छ । गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *