महिला टी–ट्वान्टी क्रिकेटको विजेतालाई रु १० लाख पुरस्कार दिईने

डिसी नेपाल
५ चैत २०७५ ६:१५

काठमाडौँ । आगामी वैशाख ७ देखि १४ गतेसम्म हुने एनसीएल स्पोर्टस प्रालिको आयोजनामा हुने प्रथम महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले रु १० लाख पुरस्कार पाउने भएको छ ।

उपविजेताले रु पाँच लाख पाउने, यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिएका छन् । प्रतियोगिताको प्लेयर अफ दि म्याचले रु १० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौँ सुपर च्याम्पियन र धनगढी वण्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै चार टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको छ । भैरहवाको मार्की खेलाडी रुबिना क्षेत्री, विराटनगरका करुणा भण्डारी, धनगढीका सीताराना मगर र काठमाडौँको मार्की खेलाडी नेरी थापा रहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *