गल्फर शुक्रबहादुर ‘धरान वर्ष खेलाडी’

डिसी नेपाल
११ जेठ २०७६ ५:२९

धरान । धरान उपमहानगरपालिकाले धरान वर्ष खेलाडी २०७५ घोषणा गरेको छ । प्रतिभाशाली २१ वर्षीय युवा गल्फर शुक्रबहादुर राईलाई धरान वर्ष खेलाडी २०७५ को रुपमासमेत उपमहानगरपालिकाले पुरस्कृत गरेको छ । युवा गल्फर शुक्रले नगद रु एक लाखसँगै सम्मानपत्र र ट्रफी प्राप्त गरे।

यस्तै उत्कृष्ट खेलाडी सम्मानबाट टेबलटेनिसकी अन्तर्राष्ट्रिय खेलाडी गीता थापामगर सम्मानित भएका छन् । खेलाडी गीताले नगद रु ५० हजार, ट्रफी र सम्मानपत्र प्राप्त गरे । दुवैलाई धरान उपमहानगरपालिकाअन्तर्गतको नगर खेलकूद विकास समितिले शुक्रबार धरान वर्ष खेलाडी घोषणा गर्दै पुरस्कार एवं सम्मान प्रदान गरेको हो ।

धरानका खेलाडीले २०७५ सालभरि आफ्नो खेल विधामा नगर, जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शन र उपलब्धिको आधारमा वर्ष खेलाडी पुरस्कार दिइएको उपमहानगरपालिका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले जानकारी दिइन् ।

टेबलटेनिसका अन्तर्राष्ट्रिय खेलाडी थापालाई सम्मानपत्र प्रदान गर्दै धरानकी कार्यवाहक प्रमुख भण्डारीले आगामी साउन १ गतेदेखि लागू हुने गरी प्रशिक्षक पदमा नियुक्ति दिएको जानकारी गराइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *