एपिएफले १२६ रनको लक्ष्य पायो

डिसी नेपाल
१३ जेठ २०७६ ८:०२

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई जितका लागि १२६ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । उसका लागि लोकेस बमले सर्वाधिक ३० रनको योगदान दिँदा विपीन रावलले २१ रन जोडे ।

त्यसैगरी खडक बोहोराले १९, रोशन अधिकारीले १६, कप्तान शेर मल्लले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।प्रतियोगितामा एपिएफका अभिनाश बोहोराले दुई विकेट लिए भने पृथु बाँस्कोटा, शरद भेषवाकर र भुवन कार्कीले समान एक एक विकेट हात पारे ।

यस्तै मुलपानीमा भएको अर्को खेलमा प्रदेश ५ ले प्रदेश ३ लाई १२३ रनको लक्ष्य दिएको छ। प्रदेश ५ ले ४२ ओभरमा सबै विकेट गुमाएर मात्र १२२ रन बनाउन सफल भयो । प्रदेश ५ का लागि सुबेन्दु पाण्डेले सर्वाधिक २० रन बनाए भने सुरज दरालले १८ रन बनाए।

प्रदेश ३ का कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने सुर्य तामाङले ३ तथा नन्दन यादवले २ विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *