तीन वर्षपछि फ्रेन्च ओपन टेनिस खेलेका रोजर फेडेरर तेस्रो चरणमा

डिसी नेपाल
१६ जेठ २०७६ ५:४१

एजेन्सी । स्विस टेनिस खेलाडी रोजर फेडेरर फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

पेरिसमा बुधबार राति भएको दोस्रो चरणमा जर्मनीका ओस्कार ओट्टीलाई पराजित गर्दै फेडेररले तेस्रो चरणको यात्रा तय गरेका हुन् । तेस्रो वरियताका फेडेररले ओट्टीलाई ६–४,६–३ र ६-४ को सोझो सेटमा पराजित गरे । तीन वर्षपछि फ्रेन्च ओपन खेलेका फेडेररले अब नर्वेका कास्पर रुडको सामना गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत नै जापानका केई निशिकोरी, ग्रिसका स्टेफानोस र फ्रान्सका जो विल्फ्राइड सोगाले पनि तेस्रो चरणमा स्थान बनाएका छन् ।

स्विस खेलाडी स्टान वावरिन्का र मारिन सिलिक भने दोस्रो चरणबाट बाहिरिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *