विश्वकप क्रिकेटः पाकिस्तान र वेस्ट इण्डिजबिच आज खेल हुने

डिसी नेपाल
१७ जेठ २०७६ २:२४

एजेन्सी । क्रिकेटको कुम्भमेला विश्वकप क्रिकेट शुरुभएको छ। बिहीबारबाट शुरुभएको विश्वकपको पहिलो खेलमा आयोजक टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई पराजत गर्दै प्रतियोगिताको शुखद शुरुवात गरेको छ। बिहीबार लंडनमा भएको पहिलो खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो।

त्यस्तै विश्वकपको दोस्रोे खेल आज पाकिस्तान र वेस्ट इण्डिजबिच हुनेछ। नोटिङघममा हुने खेल नेपाली समयानुसार दिउसो ३ः१५ मा शुरु हुनेछ। यी दुबै टोलीले आजको खेल जितेर प्रतियोगितामा शुखद शुरुवात गर्ने दाउमा हुनेछन्।

पछिल्ला एकदिवसीय खेललाई हेर्ने हो भने पाकिस्तानले जित्ने सम्भावना अब्बल रहेको छ। सन् २०१५को विश्वकपपछि यी दुई देशबिच भएको पाँच एकदिवसीय खेलमा चारपटक पाकिस्तानले वेस्ट इण्डिजलाई पराजित गरको छ। भने एक पटक मात्र पराजित भएको छ।

विश्वकप क्रिकेटमा पाकिस्तानले एक पटक उपाधि जितेको छ भने वेस्ट इण्डिजले २ पटक उपाधि जितेको छ। पाकिस्तानले सन १९९२मा जित हमसिल गरेको थियो भने वेस्ट इण्डिजले सन् १९७५ र १९७९ उपाधि जितेको थियो। वेस्ट इण्डिज विश्वकप क्रिकेटको पहिलो र दोस्रो उपाधि लगातार जित्ने देश हो। सन् १९७९ यता भने वेस्ट इण्डिजले उपाधि जितेको छैन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *