यि हुन् विश्वकप क्रिकेटमा चम्किन सक्ने १० अलराउण्डर (भिडियो रिपोर्ट)
काठमाडौँ । विश्वकप क्रिकेटको १२ औं संस्करण मे ३० देखि सुरु भएको छ । विश्वकपको उपाधि कसले जित्ला भनेर विश्वभरिका क्रिकेट फ्यानहरु अड्कलबाजीमा लागेका छन् ।
यसपटकको विश्वकपमा सहभागि १० टोलीका १० अलराउण्डरबारे आज हामी चर्चा गर्नेछौ, जसले आफ्नो टोलीको भाग्य बदल्न सक्ने क्षमता राख्दछन् ।
१. हार्दिक पाण्डेय, भारत
भारतका अलराउण्डर हार्दिक पाण्डेय कप्तान विराट कोहलीले सबैभन्दा बढी विश्वास गरेका खेलाडी हुन् । हार्दिक पाण्डेयको बलिङ जति भरपर्दो छ त्यति नै ब्याटिङ पनि आशलाग्दो छ । उनी टोलीको आवश्यकता हेरेर ब्याटिङ गर्न सक्षम छन् ।
२. आन्द्रे रसेल, वेस्ट इण्डिज
यसपटकको आइपिएलका मस्ट भ्यालुएबल खेलाडी हुन् वेस्ट एण्डिजका आन्द्रे रसेल । रसेलले आफ्नो अलराउण्ड क्षमता आइपिएलका सुरुवाती खेलहरूमा देखाएका थिए । टोली जस्तोसुकै कठिन मोडबाट गुज्रिएपनि आन्द्रे रसेलले त्यसको दबाब लिदैनन् । एक ओभरका ६ बलमै रसेलले खेल आफ्नो टोलीतर्फ मोड्न सक्ने खुबी राख्छन् ।
थप तथा विस्तृत जानकारीको लागि हेर्नुहोस् केन्द्रबिन्दु न्युजले तयार पारेको यो भिडियो रिपोर्ट …
Proscar Finasteride viagra Nizagara Ordering Viagra Vente Internet Receta Cialis