मन्त्रालयका उपसचिवले ब्ल्याकमेल गर्दै छोरी बलात्कार, आमाले थाहा पाएर पनि लुकाइन्

काठमाडौं। ललितपुरमा आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । नेपाल सरकारको एक मन्त्रालयमा उपसचिव पदमा कार्यरत ती पिताले आफ्नै १८ वर्षीया छोरीलाई विगत २–३ वर्षदेखि जर्बजस्ती करणी गर्दै आएको खुलेको छ ।
उनले छोरीलाई ब्यालकमेलिङ गर्दै बलात्कार गरेको खुलेको छ । उनले विदेशतिर छोरीसँग बाबुले सम्पर्क राख्ने गरेको बताउँदै जर्बजस्ती गर्दै आएका थिए । यादवले श्रीमती नभएको मौका पारेर कक्षा १२ मा पढ्ने छोरीलाई आफ्नै घरमा बलात्कार गर्दै आएका थिए । पक्राउ परेका पिताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ती किशोरीछोरी कलेजका शिक्षकसँग प्रेम सम्बन्धमा थिइन् । प्रेमीकै दबाबमा छोरीले बाबुविरुद्ध जाहेरी दिएकी थिइन् । यो विषय श्रीमतीलाई पनि थाहा थियो तर, उनले बेइज्जती हुने डरले घटना गुपचुप रोखेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महोत्तरी घर भएको यो परिवारको हाल ललितपुरमा पनि घर छ । (पीडितको पहिचान खुलाउन नमिल्ने र यो घटनामा आरोपीको पहिचान खुलाउँदा पीडितको पनि पहिचान खुल्ने खतरा भएकोले आरोपीको पहिचान गोप्य राखिएको छ ।)
Facebook Comment