शंखमुलको शानदार मःम: पसलमा भीषण आगलागी, मजदूर आगोमा जले

काठमाडौं। शंखमुलको शानदार मःम: पसलमा भीषण आगलागी भएको छ । आगलागीबाट शानदार मःम: पसल रहेको घरको भुइँतला पुरै जलेको छ । आगलागी भएपछि काठमाण्डु र भक्तपुरका दमकल आगो निभाउन पुगेका छन् । ग्यास लिक भएर आगलागी भएको बताइएको छ ।
आगालगीका क्रममा शानदारमा कार्यरत एकजना मजदुर जलेका छन् । उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन । आगलागी स्थलमा प्रहरी पुगेकाे छ ।
प्रतिक्रिया
Facebook Comment