मुम्बईमा ब्रेन हेम्रेज पीडित नेपाली युवा अस्पतालमा अलपत्र

डिसी नेपाल
२८ जेठ २०७६ १२:१६

भरत पौडल

दिल्ली । मुम्बईको एक अस्पतालमा आर्थिक अवस्था कमजोरका कारण एक नेपाली अलपत्र परेका छन्।

पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाका ४२ वर्षीय कृष्ण वली गोवा राज्यमा सिक्योरिटी गार्डको कार्य गर्दै आएका थिए। चार महिना पहिला एक्कासी टाउँको दुख्ने र चक्कर आउने भएको थियो।

ती युवाले सुरुवाती अवस्थामा सामान्य बिरामी सम्झी उपचारक्रममा खासै ध्यान दिएनन्। तर एक दिन आफ्नो कार्यस्थलमा एक्कासी ढलेपछि र आपतकालीन स्थितिमा गोवा मेडिकल अस्पतालका न्यूरो विशेषज्ञ टिमले जाँच गर्दा व्रेन हेम्रेज भएको जानकारी दिए।

डाक्टरले पीडितको आपतकालीन स्थितिमा सर्जरी गर्नुपर्ने बताएपछि पीडित र आफन्तले नकार्न सकेनन्। पीडितलाई जसरी हुन्छ बचाउनको निम्ति पहिलो सर्जरी गोवा मिडिकल कालेजमा गरिएको हो।

गोवामा गरिएको पहिलो सर्जरी सफल हुन सकेन र पीडितको समस्या थपिदै गयो। कहिले आँखा नदेखिने, धमिरो–धमिरो देखिने, हिन्न नसक्ने, कुनैपनि वस्तु दोब्बर देखिने दिन प्रतिदिनको समस्याले विकराल रुप धारण गर्न लागे।

केहि समय पश्चात गोवा मेडिकल कालेजका न्यूरो विशेषज्ञहरुले बिरामीको उपचार गोवामा असम्भव भएको भन्दै पिडितलाई मुम्बईको केइएम अस्पतालमा रिफर गरे। मुम्बई अस्पतालका न्यूरो विशेषज्ञ टिमले जाँच गर्दा पीडित कृष्ण वलीको अवस्था अत्याधिक नाजुक रहेको र पीडितको शारीरिक अवस्था कमजोर हुनाले सर्जरी तीन चरण हुने बताएका छन्।

पीडितका आफन्तले बताए अनुसार अबको सर्जरी आधुनिक टेक्नोलोजी र वरिष्ठ सर्जन मार्फत हुने भएको छ। डाक्टरले पहिलो चरणको उपचारका लागि छिटो भन्दा छिटो ३ लाख भारु अस्पतालमा जम्मा गर्न भनेका छन्। बिडम्बना रकमको अभावले दिएको सर्जरी मिति पनि निकालियो।

प्रत्येक दिन ज्याला मजदुरीगरी खाने व्यक्तिलाई एक्कासी ब्रेन हेम्रेज जस्तो खर्चिलो रोग लाग्नु कुनै भयानक डरलाग्दो सपना भन्दा कम हैन तर यो कृष्ण वलीका लागि सत्य भएको छ।

दिनभरी कामगरी कमाएको पैसामा बेलुकीको भोजन निर्भर रहेको परिवारमा बिरामीको उपचार सोच्दा–सोच्दै मर्नु बाहेक कुनै दोस्रो विकल्प नभएको देखिएको छ।

पहिलादेखि नै आर्थिक स्थिति गरिबी रेखामा रहेको थियो र यस किसिमको रोगको उपचार नै कृष्ण वलीका लागि असम्भव भएको छ। पन्ध्र वर्ष पहिला रोजगारको खोजीमा भारत आएका कृष्ण वलीले गोवा राज्यमा ज्याला मजदुरी गरिरहेका थिए।

घरमा सत्तरी वर्षकी बृद्ध आमा, श्रीमती, दुइ छोरा र एक छोरी सम्पूर्ण घरको आर्थिक भार कृष्ण वलीमा रहेको अवस्थामा आफैँ अस्पतालको बेडमा आएपछि घरको आर्थिक, भौतिक अवस्थाले विकलांगताको रुप धारण गरेको छ।

घरको एक मात्र रोजगार सदस्य नै पीडित भए पछि बृद्ध आमाको हेरचार, घरको आर्थिक–भौतिक, बच्चाहरुको लालन पोषण, भविष्य र बाच्न समेत मुस्किल भएको छ।

भनिन्छ भगवान पनि यसै पृथ्वीमा मानव रूपीमा हुन्छन्। यस भनाइको ज्वलन्त उदाहरणको रूपमा गणेश चन्द र डम्मर वली देखिएका छन्। प्रदेशमा दस–बाह्र हजारको सामान्य जागीर, आफ्नै घर परिवार, भाडाको कोठा, आफ्नै आर्थिक अवस्था नाजुक रहेतापनि आफ्नो घरगाउँको छिमेकीलाई प्रदेशमा बचाउनको निम्ति संघर्ष गरी रहेका छन्।

पीडितलाई हेरचार गर्दै आएका डम्मर वलीले बताए अनुसार अहिलेसम्ममा गणेश चन्द्रले लगभग ६ लाख खर्चगरी सकेका छन्। साथै परिवारका साथ एकल कोठा बस्दै आएका डम्मर वलीले पीडितलाई आफ्नै घरमा आफ्नै परिवारको सदस्य स्वरूप हेरचार गरी सम्पूर्ण प्रवासी नेपालीका लागि मानवताको उदाहरण दिएका छन्।

वर्तमान समयमा पीडितलाई चाहिएको औषधि, अस्पतालको खर्चको व्यवस्थापन सहित अभिभावकको भूमिका गणेश चन्द्र र डम्मर वलीको रहेको छ। पीडित सामान्य भएर आय–व्ययको हिसाब गर्ने सपना जस्तै देखिएको छ। तरपनि यी दुइ व्यक्तिले आफूले सक्दो आर्थिक, भौतिक शारीरिक सहयोग गरिरहेको बताएका छन्।

‘कृष्ण वली बचाउ’ अभियान सुरु

गोवा नेपाली समाजका अध्यक्ष ‘प्रकाश पुन’ ले कृष्ण वलीको स्वास्थ्य तथा शारीरिक अवस्थाको जानकारी पाउन साथ पीडितका लागि आर्थिक रकम संकलन गर्ने उद्देश्यले कृष्ण वली बचाउ अभियान सुरु गरेका छन्।

यस अभियानमा व्यक्तिगत, संस्थागत, राजनीतिक व्यक्तित्व र भातृ संगठनहरुको साथ सहयोगलाई हातेमालो गर्दै सम्पूर्ण प्रवासी नेपाली मार्फत पीडितका लागि सहयोग जुटाउने प्रतिबद्धता गरेका छन्।

अन्तर्राष्ट्रिय नेपाली समाज भारतका सचिवालय सदस्य तथा गोवा राज्य इन्चार्ज प्रेम सेर्पाली र अन्तर्राष्ट्रिय नेपाली समाज महासचिव लोकेन्द्र सेर्पालीले बताए अनुसार यही आउदो १६ जुनको दिन गोवामा ‘कृष्ण वली बचाउ’ अभियानलाई नयाँ ऊर्जाका साथ आर्थिक रकम संकलन गर्ने र उक्त मिति सम्म संकलन भएको रकम हस्तान्तरण गरिने डिसी नेपाललाई जानकारी दिएका छन्।

साथै भारतको कुनैपनि राज्यदेखि पीडितलाई बैंक मार्फत सहयोग गर्न अथवा प्रत्यक्ष भेट्नका लागि

Canaran bank
Ganesh Tej Bahadur Chand
A/c 5293127000007
Ifsc code CNRB0005292
Betim Goa.
प्रेम सेर्पाली ९१७२९५४९६८, गणेश चन्द ९१५६११६२३३, प्रकाश थापा ९८९०२७७८१७, डम्बर वली ८७८८४१६७८१




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *