प्रधानमन्त्री एकपछि अर्को बन्यो, लुट्यो, किन चाहियो विकास?

डिसी नेपाल
२८ जेठ २०७६ १२:३२

अर्जुन बराल

दक्षिण कोरिया । सन् १९९६ फ्रेब्रुअरी १३ बाट देशमा एउटा मिठो नारातय गरेर शुरुवात गरेको त्यो जनयुद्ध अब त शायद पद, शक्ति र सत्तामा पुग्नेले बिर्सिपनि सके होलान्।

हिजो कति मरे त्यसको लेखाजोखा नगरौँ त्यस घटनाको जिम्मा केवल सत्ता, शक्ति र कुर्चीसँग गाँसिएको छ। केवल सत्तामा पात्र फेरिएका छन्।, पात्रको चरित्र फेरिएको छैन।

जनजीविका मागहरुका ति कागजका पानाहरु चटपटको प्याकेजिङ्गमा पनि काम नलाग्ने जसरी मिल्काईएका होलान जसरी शान्ति प्रक्रियामा आएपछि नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भनेर दिएको आश्वासन मिल्काईएको छ।

आखिर सत्ता र शक्तिमै रहेरपनि देशको विकास कसरी गर्न सकिन्छ? ज्वलन्त उदाहरण मध्य करीब पचास लाख जनसंङख्या भएको रुवाण्डामा सन् १९९४ को ७ अप्रिलदेखि जुलाईसम्म चलेको गृहयुद्धमा तुत्सी र पिग्मी बेतवा गरि दश लाख मानिस मारिए।

अर्थतन्त्रमा नराम्ररी क्षती पुगेको राष्ट्र र गृहयुद्धबाट शान्ति प्रक्रियामा आउँदा अन्तरिम सरकार बनाउँदा उपराष्ट्रपति बनाईएका पाउल कागामे पश्चिमा राष्ट्रको दृष्टिमा एक कट्टर तानाशाह मानिएपनि सन् २ हजारदेखि हालसम्म राष्ट्रपति पदमै छन्। राष्ट्रपति पदमा रहँदादेखि हालसम्म उनले लगातार आठ प्रतिशतको बृद्धिदरले देशको विकास गर्दैछन्।

सन् १९९६ मा ब्रिटिस उपनिबेशबाट स्वतन्त्र भएको जिम्बाब्बे, अंगोला र दक्षिण अफ्रिकी मुलुकको छिमेकी राष्ट्र बोत्स्वाना एक भूपरिवेष्ठित देश थियो। तत्कालीन समयमा त्यस देशको प्रतिव्यक्ति आय ७० डलर थियो भने नेपालको त्यस समयमा प्रतिव्यक्ति आय ८० डलरको हाराहारीमा थियो तर आज बितेको दुई दशकमै बोत्स्वाना देशको प्रतिव्यक्ति आय आठ हजार डलर पुग्दा नेपालको कति छ? आखिर किन? अनि कसको कारणबाट ?

दक्षिण कोरियामा सन् १९८० मा भएको जनआन्दोलनपछि तानाशाही सरकार पतन भएर लोकतान्त्रिक सरकार गठन पश्चात् अपत्यारिलो रुपबाट विकासले फड्को लियो। आज दक्षिण कोरियाको प्रतिव्यक्ति आय विश्वको उत्कृष्ठ दश भित्रै पर्न आउँछ।

जबकी सन् १९५० मा नेपाल र दक्षिण कोरियाको आर्थिक अवस्था एउटै थियो। सन् १९२३ सेप्टेम्बर १६ मा जन्मिएका चिनियाँ आप्रबासी परिवारको तेस्रो पुस्ताका लि क्वान अर्थात हारी लिले माझीहरुको सानो मुलुक सिंगापुरलाई विश्वमा चिनाए।

सन् १९८८ मा भारत सरकारको ऋण सहयोगमा निर्मित ३६० मेघावाटको चुखा जलबिधुत आयोजनाबाट सुरु भएको भुटानको जलविद्युत यात्रा अहिले १६ सय मेघावाट भन्दा बढी भैसकेको छ भने कुल उत्पादनको ७२ प्रतिशत बिजुली भारतमै निर्यात गरि भुटानको राजश्वको ३० प्रतिशत स्थान लिएको छ। तर, काठमाडौँ उपत्यकाभित्र सातवटा विश्वसम्पदा सुचीमा परेका स्मारक छन्। नेपालले त्यसको उचित संरक्षण र प्रबद्धन गर्न सक्दैन।

२ डिसेम्बर १९७१ मा ब्रिटिस  उपनिबेशबाट आफनो स्वतन्त्रता हासिल गरेको देश संयुक्त अरब ईमिरेट्सले विश्वको सबैभन्दा अग्लो टावर बुर्ज खलिफा बनाएर चकित पारेको छ। विकासको हिसाबले युरोपका सम्पन्न मुलुकलाई उसले जितेछ तर बिडम्बना एउटा भूकम्पले भत्काएको पुर्खाहरुले जोडिदिएको सम्पति पुनर्निर्मार्ण गर्न सकेका छैनौँ। हामी नेपालीहरुले।

दक्षिण एसियामा रहेको टापुनै टापुले बनेको देश ईन्डोनेसियाको विकासले विश्वलाई लोभ्याईरहेछ। ईजराईलले पाकिस्तानबाट लाखौँ मेट्रिक टन माटो लगेर बगरमा टमाटर फलाएर विश्व बजार ओगटेर कृर्षि उपजले अर्थतन्त्र मजबुत बनाउँदै छ।

अष्ट्रेलियाले दूधको व्यापारबाट अर्थतन्त्रलाई उचाईमा पुर्याएको छ। कतारले पुरै कृत्रिम बगैचा बनाएर पर्यटन तानिरहेको छ तर हाम्रो देश नेपाल आफना युवाहरुलाई विदेश पलायन बनाउँन बाध्य पार्छ अनि वार्षिक खरबौंको आयात गर्छ।

हुँन त हामी नेपाली साम्यबाद–पूँजीबाद, जनबाद वा समाजबाद अनि पार्टीभित्रका लगौटे कार्यकर्ता बनेर गलत क्रियाकलापको बिरोध होईन समर्थन गर्दछौं।

देशमा आमुल परिवर्तन गर्न कुनै बादको आबश्यकता पदैन असल नेतृत्वकर्ता भए पुग्छ। हिजो राणा शासनपछि सबैभन्दा बढी कांग्रेसले शासन गर्दा जनता कांग्रेस भए खबरदारी गरेनन्।

आधा शताब्दी त्यसै गुज्रियो खाली बहुमत र स्थायी सरकारको अभाब देखायौ अहिले कम्युनिष्टको नेतृत्वमा स्थायी सरकार छ खोई बिकाशको गति ? हुँन त २०४६ साल अघि युरोप देखि एसिया तथा अफ्रिकाका गरि झण्डै तीन दर्जन मुलुकहरुमा साम्यबादीहरुले बहुमतले शासन गरेका थिए तर अहिले पाँच मुलुकहरुमा मात्र साम्यबादी शासन व्यवस्था छ।

चीनमा माओत्सेतुङ्गको शासनको अन्त्यपछि नेता देङ सिआओ पिङ्गले चीनलाई शत्ति राष्ट्रको रुपमा उभ्याईदिए। राज्यभारले थिचिएर कमजोर भएको बेलायती अर्थतन्त्रलाई तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरको उदारीकरणको अर्थनीतिबाट गतिदिन सफल भए।

दक्षिण कोरियामा पार्कचङ हिले देशमा आमुल परिवर्तन गरे। नेपालमा एकदशक लामो जनयुद्धपछि शान्ति प्रक्रियामा आएर देशलाई स्वीजरल्याण्ड बनाउँछु भन्ने पुष्पकमल दाहाल “प्रचण्ड”ले सुशील कोईराला, बाबुराम भट्टराई, माधब नेपाल, झलनाथ खनाल, खड्क ओली, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए। रेणु दाहाललाई मेयर र बिना मगरलाई मन्त्री।

जनताको समस्या जस्ताको तस्तै, राज्यको सम्पति भूमाफियाका हातमा सुम्पिए। हँुदै नभएको पानीजहाजका लागि हाँस्यासपद कार्यालय खोले। अनि हामी नेपालीजनता ईजराईल, बेलायत, सिंगापुर, जापान, कोरिया, कतार, अरब गयो यहि हो नेपालको आर्थिक समृद्धि।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *