१० वर्षको छोराको चिठी पिताले पढे, त्यसपछि के भयो त्यस्तो ? पिता २ वर्षलाई जेल पुगे

डिसी नेपाल
२८ जेठ २०७६ १२:५८

काठमाडौं। स्पेनको अदालतले एक पितालाई २ वर्षको जेल सजाय सुनाएको छ । ती पिताले आफ्ना १० वर्षका छोरालाई आएको पत्र खोलेका थिए । उनलाई ३ हजार युरो जरिवाना समेत तिराइएको छ । सेभिल्लाको एक अदालतमा भएको सुनुवाइमा ती पिताले छोराको गोपनियताको हकको उल्लंघन गरेको आरोप लगाइएको थियो ।

यो पत्र ती बालकलाई उनकी आमाकी बहिनीले पठाएकी थिइन् । पितालाई त्यो पत्र खोल्े अधिकार थिएन । पत्रमा ती बालकका पिताले उनकी आमामाथि २०१२ मा अत्याचार गरेको पूरा विवरणसहित ती बालकले आफ्ना पितालाई कसरी दोषी प्रमाणित गरेर सजाय दिलाउन सक्छन् भन्ने विवरण लेखिएको थियो । तर, पिताले यही पत्रको आधारमा अदालतमा आफ्नी श्रीमतीकी बहिनीले आफ्नो छोरालाई बयान दिन दबाब दिएको प्रमाणित गर्ने कोसिस गरेका थिए ।

२०१२ र ती बालककी आमाले उनका पिताविरुद्ध कानुनी कारवाहीका लागि आवेदन दिएकी थिइन् । उनले आफ्ना पति विरुद्ध निजी जानकारी सार्वजनिक गरेको आरोप लगाएकी थिइन् । पत्र बालकका पिताले पढेको थाहा पाएपछि पत्र पठाउने महिलाले अदालतमा २ वर्षको जेल सजाय र ३ हजार युरो जरिवाना माग्दै मुद्दा हालेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *