रेष्टुरेण्टमा १ बोतलको ३२ हजार रुपैयाँ पर्ने रक्सी माग्दा…

डिसी नेपाल
२८ जेठ २०७६ १३:०१

काठमाडौं। एक व्यक्तिले रेष्टुरेण्टमा १ बोतलको ३२ हजार रुपैयाँ पर्ने रक्सी माग्दा साढे पाँच लाख रुपैयाँ पर्ने रक्सी पिउन पाएका छन् । बेलायतको म्यान्चेस्टरको एक रेष्टुरेण्टमा यस्तो भएको हो । त्यहाँको बारमा ती व्यक्तिले २९० डलर पर्ने वाइनको बोतल अर्डर गरेका थिए । तर, महिला वेटरले झुक्किएर बोतलको ५ हजार डलर पर्ने वाइन दिइन् । दुवै बोतल हेर्दा उस्तै थिए त्यसैले महिला वेटर झुक्किएकी थिइन् ।

खास कुरा त के भने यति महंगो गल्ती गर्दा पनि बारका मालिक ती महिला वेटरसँग रिसाएनन् । उनले ट्वीटरमा घटनाबारे बताउँदै ग्राहकलाई भने ‘आशा छ तपाइँले त्यो साँझ रमाइलो गर्नुभयो होला ।’ महिला वेटरका लागि उनले लेखे ‘यो गल्तीका बावजुद हामी तपाइँलाई माया गर्छौं तर फेरि यस्तो हुनु हुँदैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *