युवतीको मनपर्ने खानेकुराबाट पत्ता लगाउनुहोस् उनको प्रेमसम्बन्धी गोप्य कुरा

डिसी नेपाल
२८ जेठ २०७६ १३:०२

एजेन्सी। खानाका सौखिन मानिसहरु धेरै हुन्छन् । केहीलाई अमिलो पिरो बढी मन पर्छ भने केही गुmियोका सौखिन हुन्छन् । खाना सम्बन्धी रोजाइ मानिसअनुसार फरक हुन सक्छन् । के तपाइँलाई थाहा छ कसैको खानासम्बन्धी रोजाइबाट उसको प्रेम सम्बन्धका गोप्य कुराहरु पत्ता लगाउन सकिन्छ । आउनुहोस् युवतीको खाने रोजाइबाट उनीहरुको प्रेम सम्बन्धी कुराहरु जानौं ।

आइसक्रिमः आइसक्रिम धेरै युवतीलाई मन पर्छ । धेरैजसो युवतीहरु चकलेट वा स्ट्रबेरी आइसक्रिम रुचाउँछन् । यस किसिमका युवतीहरु रोमान्टिक र चकचके हुन्छन् । उनीहरु धेरै मजाक गर्न मन पराउँछन् ।

कफीः कफी मन पराउने युवतीहरु स्वभावले रोमान्टिक हुन्छन् । आत्मनिर्भरता र कल्पनाशीलता उनीहरुको व्यवहारमा प्रस्ट देखिन्छ । यसका अलावा यस्ता युवतीहरु खर्चालु हुन्छन् र आफ्नो लभ पार्टनरप्रति वफादार हुन्छन् ।

चकलेटः चकलेट पनि युवतीहरुलाई धेरै मन पर्ने कुरा हो । धेरै चकलेट मन पराउने युवतीहरु निकै कमलो मनका हुन्छन् । उनीहरु सानो सानो कुरामा पनि आहत हुन सक्छन् । उनहिरु पार्टनरप्रति वफादार हुन्छन् र जो कोहीसँग सिधै कुरा गर्छन् ।

मिठाइः मिठाइ मन पराउने युवतीहरुलाई रिस चाँडै उठ्छ । उनीहरु आफ्नो पार्टनरको साथ कहिल्यै छोड्दैनन् । यसका अलावा जुन युवतीलाई पानीपुरी मन पर्छ उनीहरु जीवनलाई रोमान्टिक बनाउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *