पाकिस्तानमा ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा आठ जनाको मृत्यु

डिसी नेपाल
३१ जेठ २०७६ १२:४१

इस्लामाबाद । पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको मतिआरी क्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ ।

मतिआरी राजमार्गमा सामानले भरिएको एक ट्रकले यात्रुबाहक भ्यानलाई ठक्कर दिँदा आठ जनाको मृत्यु भएको हो । बिहीबार अबेर राति भएको यस सडक दुर्घटनामा मारिएका यी व्यक्तिहरुमा तीन महिला र दुई बालबालिकासमेत  रहेका छन् ।

दुर्घटनामा भएको सो भ्यानबाट शव निकालिएको र घाइते व्यक्तिलाई अस्पताल पु¥याएको बताइएको छ । ट्रकको ठोक्काइबाट भ्यान पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *