आज फेरि सुनको भाउ बढ्यो, तोलाको कति ?

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ ओरालो फेरि उकाो लागेको छ । आज छापावाल सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाल सुन ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार तेजाबी सुन ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउसँग चाँदीको मुल्य पनि उकालो लागेको छ । आज सुन प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो बुधबार चाँदी ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ ।
प्रतिक्रिया
Facebook Comment