न्युजिल्याण्डका कप्तान विलियम्सनको प्रश्न–धोनी देश परिवर्तन गर्न तयार छन् ?
बीबीसी । न्युजिल्याण्डका कप्तान केन विलियम्सनले भारतका पूर्व कप्तान तथा विकेट किपर मेहन्द्र सिंह धोनीको बचाउ गरेका छन् ।
भारत एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्यजिल्याण्डसँग १८ रनले पराजित भएको छ । सो खेलमा धोनीले सुस्त गतिमा खेलेको पारीका कारण उनको आलोचना भइरहेको छ ।
न्युजिल्याण्डले पेश गरेको २४० रनको लक्ष्य पछ्याएको भारतले पाँच रन बनाउँदा तीन विकेट गुमायो । सातौँ विकेटका लागि धोनी र रवीन्द्र जडेजाले ११६ रनको साझेदारी गरे । जडेजा र धोनीको साझेदारीले भारतलाई जितको आश दिलाएको थियो । जडेजाले ५९ बलमा ७७ रन बनाए, तर धोनीले विकेट बचाए तर उनले ७२ बलमा ५० रन बनाए ।
भारतलाई अन्तिम १४ बलमा ३२ रन चाहिएको थियो तर जडेजाको शर्टलाई केन विलियम्सनले क्याच गरे । जडेजा आउट भएको चार बलपछि नै मार्टिन गप्टिलले आफ्नो बलमा धोनीलाई रन आउट गरे । त्यसपछि भारतीय टिम हार स्वीर्कान बाध्य भयो ।
हारपछि धोनीको आलोचना भइरहेको छ । उनले लक्ष्य अनुसार तीव्र ब्याटिङ्ग नगरेको आरोप छ । धोनीको खेललाई लिएर भारतीय कप्तान विराट कोहली र न्युजिल्याण्डका कप्तान केन विलियम्सन दुवैलाई खेलपछि सोधियो । कोहलीले धोनीको बचाउ गरे ।
“Is he looking to change nationalities?” ?
Kane Williamson is asked whether he’d pick MS Dhoni if he was his captain.#INDvNZ | #CWC19 pic.twitter.com/K2vxrwm7gE
— ESPNcricinfo (@ESPNcricinfo) July 10, 2019
खेलपछिको पत्रकार सम्मेलनमा एक पत्रकारले विलियम्सनसँग सोधे कि यदि उनी भारतको कप्तान हुन्थे भने धोनीलाई टिममा राख्ने थिए ? यसमा विलियम्सनले मुस्कुराउँदै जवाफ दिए, ‘उनी न्युजिल्याण्डका लागि खेल्न सक्दैनन् तर विश्वस्तरीय खेलाडी हुन् ।’
पत्रकारले फेरि आफ्नो प्रश्न दोहोर्याए, यदि भारतको कप्तान भएको भए ?, विलियम्सनले जवाफ दिए, ‘पक्कै पनि, उनको अनुभव महत्वपूर्ण बेला निकै काम लाग्छ । उनको योगदान आज या भोलि जहिले पनि रहने छ । जडेजासँग उनको साझेदारी उत्कृष्ट रह्यो । धोनी विश्वस्तरीय खेलाडी हुन् । के उनी राष्ट्रियता परिवर्तन गर्ने बारे सोचिरहेका छन्? यदि त्यसो हो भने हामी उनलाई टिममा राख्न विचार गर्छौँ ।
Facebook Comment