आँधी तूफानमा परेर ६ जना पर्यटकको मृत्यु

डिसी नेपाल
२६ असार २०७६ १२:१९

ग्रीस । ग्रीसको उत्तरी भेगमा बुधबार साँझपख आएको आँधी तूफानमा परेर छ जना पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ। थेसालोनिकी नगरको हाल्कीडीकी क्षेत्रमा आएको आँधीमा परेर अरु दर्जनौं व्यक्ति घाइते भएका थिए।

टेलिभिजन फुटेजमा आँधीका कारण कारहरु पल्टिएका, रुखहरु ढलेका र घरका छाना उडाएको देखिएको छ। प्रत्यक्षदर्शीले आँधी करिब २० मिनेटमात्र आएको बताएका छन् । मृत्यु हुनेहरुमा चे, रोमानिया र रुसी नागरिक रहेका छन्।

उनीहरुलाई ढलेका रुख र घरका छानाले थिचेको बताइएको छ । स्थानीय प्रशासनले उक्त घटनामा खोज तथा उद्धारको कार्यलाई तिब्र बनाएको छ। ग्रीसमा विगत दुई सातादेखि तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *