अमेरिकी संसदमा राष्ट्रपति ट्रम्प विरुद्ध खेद प्रस्ताव पारित

डिसी नेपाल
१ साउन २०७६ ११:१३

बीबीसी। चार महिलामाथि नस्लीय टिप्पणी गरेपछि अमेरिकी प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध खेर प्रस्ताव पारित गरेको छ।

प्रस्तावमा ट्रम्पको टिप्पणीलाई नस्लवादी भएको ठहर गरेको छ। १८७ डेमोक्रेटिक सदस्य भएको प्रतिनिधि सभामा यो प्रस्ताव २४० मतले पारित भएको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार महिला सांसदमाथि ट्विटरमार्फत गरिएको टिप्पणीको व्यापार विरोध भइरहेको छ। मानिसले ट्रम्पलाई नस्लवादी भएको आरोप लगाएका छन्। तर ट्रम्पले आफू नस्लवादी नभएको जिकिर गर्दै आएका छन्। ट्रम्पले ती चार महिला सांसद ९जो अमेरिकन हुन्० लाई अमेरिका छोड्न सुझाव दिएका थिए।

आफ्नो आलोचनाको जवाफ दिँदै ट्रम्पले ट्विट गर्दै भनेका छन्–म नस्लवादी थिइन्, नस्लवादी होइन।’ उनको यो अभिव्यक्ति त्यतिबेला आएको थियो जतिबेला अमेकिरी प्रतिनिधिसभामा उनको टिप्पणीप्रति खेद प्रस्ताव लैजाने तयारी भइरहेको थियो। यो प्रस्तावको कुनै कानुनी वैधता हुँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *